काठमाण्डाै – काठमाण्डौ र ललितपुर महानगरपालिकाले विभिन्न बहानामा सम्पत्ति करमा छुट दिएको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयको ५९ औँ प्रतिवेदनले काठमाण्डौ महानगरले विभिन्न बहानामा सम्पत्ति करमा छुट दिँदा १२ करोड सात लाख रुपैयाँ असुल नभएको देखाएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा सम्पत्ति कर निर्धारण भएकामध्ये ९७ जना करदाताको फाइल परीक्षण गर्दा नियमअनुसार निर्धारण हुने १८ करोड ११ लाख रुपैयाँ कर उठाउनुपर्ने देखिए पनि विभिन्न कारणले जम्मा ६ करोड चार लाख रुपैयाँ मात्रै कर दाखिला भएको देखिएको प्रति...