अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा शनिबारदेखि १० दिनको आईटीटीएफ लेभल टु कोर्स सुरु भएको छ । लैनचोरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको कार्यक्रम ओलम्पिक सोलिडारिटी कार्यक्रमअन्तर्गत हुन लागेको हो । कार्यक्रम मलेसियाली प्रशिक्षक क्रिस्टिना चीले सञ्चालन गर्ने छिन् ।