काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार रुपैयाँले घटेर एक लाख ८४ हजार आठ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला एक लाख ८६ हजार ८०० रुपैयाँ कायम मा भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । […]
हिमाल खरेल, बिर्तामोड झापामा पहिलोपल्ट आयोजना गरिएको राष्ट्रियस्तरको दुई दिने झापा थ्री एक्स थ्री बास्केटबल प्रतियोगिताको उपाधि काठमाडौंको टाइम्स क्लबले जितेको छ । हिजो राति अबेर भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि कठिन जित निकाल्दै टाइम्स च्याम्पियन बनेको हो । निर्धारित १० मिनेटको खेलमा टाइम्सले १९–१८ स्कोरको जित निकाल्दै उपाधि जितेको हो ।
काठमाडौँ । संघीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरू भएको छ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरू भएको हो। बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी छ ।