जनमत पार्टी उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा गएको छ । राष्ट्रपति भवन शीतलनिवासमा सोमबार खानले मन्त्रीको शपथ ग्रहण गरेसँगै जनमत पार्टी सरकारमा सहभागी भएको हो ।
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ । पूर्वमन्त्रीसमेत रहेका खान र निजी सचिवालयका सदस्यहरू चढेको गाडी सोमबार धादिङको कृष्णभिरमा दुर्घटनामा परेको हो ।
काठमाडौं, ८ असोज । जनमत पार्टीका नेता एवं संसद्को उद्योग, वाणिज्य, आपूर्ति, श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष अब्दुल खानले सरकारले चिनी ल्याउन नसके निजी क्षेत्रलाई जिम्मा दिनु उचित हुने औंल्याएका छन् । ‘चाडपर्वको समय आइसक्यो । १५-२० दिन मात्र बाँकी छ । बजारमा चिनीको कृत्रिम अभाव छ । चिनीको मूल्य प्रति किलो १४० देखि […]
काठमाडौं, ३० जेठ । जनमत पार्टीका नेता एवं पूर्वमन्त्री अब्दुल खानले आफ्नो पार्टी यो हप्ताभित्र सरकारमा सामेल हुन सक्ने दाबी गरेका छन् । ‘हाम्रो पार्टी मधेस र लुम्बिनी प्रदेश सरकार सामेल छ । संघ सरकारलाई दिएको समर्थन पनि कायमै छ । तर कुन मन्त्रालयमा कहिले जाने भन्ने टुंगो लागिसकेको छैन । हाम्रो भागको मन्त्रालय प्रधानमन्त्री […]
काठमाडौं, ४ जेठ । जनमत पार्टीका नेता एवं पूर्वमन्त्री अब्दुल खानले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो पार्टीको समर्थन यथावत् रहेको बताएका छन् । ‘प्रधानमन्त्रीसँग हिजो र अस्ति हाम्रो पार्टी अध्यक्षको बैठक भयो । अध्यक्षजीले सरकारको साझा कार्यक्रम र नीतिबारे सुझाव दिनुभएको छ । सरकारलाई पार्टीको समर्थन कायमै छ । सरकारमै रहँदा देश र जनताका […]
काठमाडौँ – खानेपानीमन्त्री अब्दुल खान अमेरिकाको न्यूयोर्कमा आयोजना हुने विश्व पानी सम्मेलन (वल्र्ड वाटर कन्फ्रेन्स) मा सहभागी हुन जाने भएका छन्। मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले न्यूयोर्कमा आगामी चैत ८ देखि १० गतेसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन स्वीकृति दिएको खानेपानीमन्त्री खानले जानकारी दिए। उनले भने, ‘मन्त्रिपरिषद्को आजको बैठकले अमेरिकामा आयोजना हुने वर्ल्ड वाटर कन्फ्रेन्समा […]
काठमाण्डाै – जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्नु हुने भएको छ ।
सङ्घीय संसद् भवनमा भएको सत्ता गठबन्धनका नेताहरूको बैठकपछि पत्रकारसँग कुरा गर्दै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपाध्यक्ष खानले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको शपथ लिन लाग्नुभएको जानकारी गराउनुभएको हो ।
जनमत पार्टीले प्रतिनिधि सभामा छ सिट जितेकाे छ । नवनियुक्त प्रधानमन्त्रीसहित गठबन्धनका केही मन्त्रीहरूलाई राष्ट्रपति कार्यालयले आजै दिउँसाे ४ बजे शपथ ग्रहण गराउने तयारी गरेको छ ।