पूर्वी पहाडी जिल्लामै पहिलोपटक सङ्खुवासभा जिल्ला अस्पतालमा आइसीयू सञ्चालन हुने भएको छ । आइसीयू सञ्चालनका लागि बिहीबार एक कार्यक्रमबीच जिल्ला अस्पताल र गुठीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको आइसीयू सञ्चालनका लागि कुनिना शैक्षिक गुठीले आर्थिक सहयोग गर्ने भएको छ । जिल्ला अस्पतालमा गुठीका अध्यक्ष तथा पूर्वसभासद पासाङ शेर्पा र जिल्ला अस्पताल सङ्खुवासभाबीच द्विपक्षीय सम्झौता भएको हो । जिल्ला अस्पताल व्यवस्थापन समितिले जतिसक्दो चाँडो आइसीयू सञ्चालनका