बाजुरा । बाजुरामा सोमबार दिउँसो भूकम्प गएको छ । बडिमालिकामा केन्द्रबिन्दु बनाएर ४ बजेर १ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३.६ रेक्टर स्केलको भूकम्प गएको हो । गत माघ १० गतेपछि बाजुरामा पटक-पटक भूकम्प जाने गरेको छ ।