काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठीको जग्गा गैरकानुनी रुपमा आफ्नो नाममा नामसारी गरेको अभियोगमा राजा महेन्द्रका ज्वाइँ कुमार खड्गबिक्रम शाहसहित ३१ जना विरुद्ध मुद्दा दायर गरेको छ। आयोगले धनुषा जिल्लाको पिँडारी चोक र रत्नसागर मन्दिरको नाममा रहेको जग्गा गैरकानुनी रुपमा व्यक्तिकरण गरेको भन्दै आयोगले उक्त कार्यमा संलग्न तत्कालीन मालपोतका कर्मचारीसहितलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो। […]