असोज महिनामा निक्षेपको ब्याजदर बढ्ने भएको छ । नेपाल बैंकर्स एसोसिएसनको बिहीबार बसेको बैठकले यसअघिको भद्र सहमति तोड्ने निर्णय गरेको हो । नेपाल बैंकर्स एसोसिएसनका उपाध्यक्ष तथा एनएमबी बैंकका सीईओ सुनिल केसीले बैंकहरुबीच भद्र सहमति तोड्ने निर्णय भएको जानकारी दिए ।