निक्षेपको ब्याज नबढाउन बैंकहरुबीच ‘भद्र सहमति’

काठमाडौं । बचतको ब्याजदर नबढाउन बैंकहरुले ‘भद्र सहमति’ गरेका छन् । तरलता अभाव भएको भन्दै केही दिनयता तीव्र रुपले निक्षेपको ब्याजदर बढाइरहेका बेला बैंकहरुले...

सम्बन्धित सामग्री

चैतका लागि घट्यो निक्षेपको ब्याज

आगामी चैतका लागि अधिकांश बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याज घटाएका छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, कर्जा माग नबढिरहेको बेला बैंक तथा वित्तीय संस्थाले चैतका लागि निक्षेपको ब्याज घटाएका छन् ।

तत्काल ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय, संस्थागत निक्षेपको ब्याज घट्ने

वाणिज्य बैंकहरुका सीइओहरुको संगठन नेपाल बैंकर्स संघले तत्काल ब्याजको दर नबढाउने निर्णय गरेको छ । राष्ट्र बैंकले बुधबार मौद्रिक नीति कार्यन्वयनको लागि सर्कुलर जारी गर्दै नीतिगत दर बढाएपनि संघले तत्काल ब्याजको दर नबढाउने निर्णय गरेको हो ।राष्ट्र बैंकले जारी गरेको निर्देशनमा  राष्ट्र बैंकले तय गर्ने बैंक दर तथा नीतिगत दर परिवर्तन भएमा तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन गर्न सकिने ब्यबस्था गरेपनि संघले भने तत्काल ब्याज नबढाउने र पुर्ने ब्याजलाई निरन्तरता दिने निर्णय गरेको हो  ।निक्षेपमा दिने ब्याजदर मासिक रुपमा मात्र परिवर्तन गर्न सकिने ब्यबस्था रहेको छ । सोहि अनुसार भदौ महिनामा ब्याज बढाउने कि नबढाउने भन्ने बारे सौं अन्त्यमा छलफल गरेर निर्णय गर्ने संघले जनाएको छ । त्यस्तै राष्ट्र बैंकले  संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने ब्यबस्था गरेसंगै संघले संस्थागत मुद्दती निक्षेपको ब्याज घटाउने निर्णय गरेको छ । यस अघिसम्म यो अन्तर १ प्रतिशत बिन्दुले कम हुनु पर्ने ब्यबस्था थियो । राष्ट्र बैंकको निर्देशनसंगै बैंकहरुसंग साधारण निक्षेपको ब्याज बढाउने वा संस्थागत निक्षेपको ब्याज घटाउने विकल्प थियो । संघले संंस्थागत निक्षेपको ब्याजदर घटाउने भएको हो ।

बैङ्कहरूले असारमा निक्षेपको ब्याज नबढाउने

काठमाडौँ । असारमा पनि बैङ्कहरूले निक्षेपमा हाल दिँदै आएको ब्याजदरलाई नै यथावत् राख्ने भएका छन् । नेपाल बैङ्कर्स एसोसिएसनका अध्यक्ष अनिल उपाध्यायले असार महिनाका लागि पुरानै ब्याजदरलाई यथावत् दिइने जानकारी दिए । आर्थिक वर्षको अन्तिम महिना भएको र मौद्रिक नीति पनि प्रतीक्षामा रहेकाले असार महिनामा पुरानै ब्याजदरलाई यथावत् राख्ने निर्णय नेपाल बैङ्कर्स एसोसिएसनले गरेको हो […]

बैंकहरूलाई ब्याज दर बढाउन राष्ट्र बैंकले निर्देशन दिएकाे छैन : प्रवक्ता भट्ट

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता डा. गुणाकार भट्टले राष्ट्र बैंकले बैंकहरूलाई ब्याज दर बढाउन कुनै निर्देशन नदिएको स्पष्ट पार्नुभएको छ ।  आज बिहीवारकाे कुराकानीमा प्रवक्ता भट्टले पछिल्लो समय कर्जा तथा निक्षेपको ब्याज दर बढाउनका लागि निर्देशन  नदिएको बताउनुभएको हो । उहाँले तरलता व्यवस्थापन गर्नका लागि वित्तीय साधन व्यवस्थापन गर्न आफू अनकूल बैंकहरूले ब्याज दर निर्धारण गर्ने गरेको बताउनुभयो ।  राष्ट्र बैंकले बैंकहरूलाई ब्याज निर्धारण गर्नका लागि स्वतन्त्र छाडेको प्रवक्ता डा. भट्टक...

राष्ट्र बैंकको निर्देशनपछि सबै बैंकले घटाए निक्षेपको ब्याज

नेपाल राष्ट्र बैंकले मंगलबार साँझ २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले ब्याजदर घटाएका छन् । कात्तिक १ गते नयाँ ब्याजदर तोक्दै निक्षेपको ब्याज ११.६७ प्रतिशत पुर्याएको हिमालयनसहित सबैजसो बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।राष्ट्र बैंकको निर्देशनअघि सबैभन्दा उच्च ब्याजदर रहेको हिमालयनले निक्षेपको ब्याजदर ९.३६ प्रतिशत तोकेको छ । यस्तै, सिद्धार्थ, नबिल, एभरेष्ट, माछापुच्छ्रे, बैंक अफ काठमाण्डु, सेञ्चुरी र नेपाल बंगलादेश, एनसीसी र सिभिल बैंकले समान ९.३६ प्रतिशत ब्याजदर तोकेका छन

राष्ट्र बैंकले फिर्ता गरायो बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याज

काठमाडौं, कात्तिक ३ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याज फिर्ता गराएको छ । राष्ट्र बैंकले मंगलबार राति तीन बुँदे निर्देशन जारी गर्दै बढेको निक्षेपको ब्याज दर फिर्ता गराएको हो । कात्तिक १ गतेबाट केही बैंकले ब्याज दर बढाएर ११ प्रतिशतमाथिसम्म प्रकाशित गरेका थिए । निजी क्षेत्रका संगठनहरुले ब्याज बृद्धिप्रति राष्ट्र बैंकको […]

बैंकले बढाएको ब्याज फिर्ता गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक १ गतेबाट लागू गरेको निक्षेपको ब्याज दर फिर्ता भएको छ। नेपाल राष्ट्र बैंकले मंगलवार राति ९ बजे तीन बुँदे निर्देशन जारी गर्दै बढेको निक्षेपको ब्याज दर फिर्ता गराएको हो। आइतवार हिमालयन, एनआइसी एसिया र लक्ष्मी बैंकले ब्याज दर ११ प्रतिशतमाथि प्रकाशित गरेका थिए।…

अबदेखि निक्षेपको ब्याज परिवर्तन गर्दा ग्राहकलाई जानकारी गराउनुपर्ने

अबदेखि  बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याज परिवर्तन गर्दा ग्राहकलाई जानकारी गराउनु पर्ने भएको छ। यसअघि ऋणको मात्र ब्याज परिवर्तन हुँदा जानकारी गराइने व्यवस्था थियो । चालु बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप र कर्जाको ब्याज दर परिवर्तन सम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई विद्युतीय माध्यमबाट तत्काल उपलब्ध गराउनु पर्ने व्यवस्था गरिने बताएका छन् । अहिले बैंकहरुले मासिक रुपमा ब्याज पत्रपत्रिका तथा बैंककै  वेव