सर्वोच्च अदालतले चिकित्सा शिक्षाको स्नातकोत्तर (पोष्ट ग्राजुएसन–पीजी)मा योग्य विद्यार्थीलाई अनिवार्य रुपमा भर्ना गर्न आदेश दिएको छ । न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा भर्ना भएका ललितजंग शाहीसहित ३३ विद्यार्थीहरुका हकमा जारी भएको अन्तरिम आदेशले निरन्तरता नपाउने आदेश जारी गरेको हो ।