दाङ – दाङको घोराही उपमहानगरपालिकाले गाउँमा कोरोना भाइरसका सङ्क्रमित बढ्न नदिन गाउँमै निःशुल्क कोरोना परीक्षण र घरघरमा स्वास्थ्यकर्मी पठाएर उपचार सुरु गरेको छ । उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाले नगरभित्रका गाउँ–गाउँमा पुगेर निःशुल्क कोरोना परीक्षणको शिविर सञ्चालन गरेको हो ।
समुदायस्तरमा कोरोनाको अवस्था पत्ता लगाउने गरी निःशुल्क एन्टिजेन परीक्षण थालिएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुभएको छ । परीक्षण स्थलमै १५ मिनेटमा कोरोना सङ्क्रमण भए/नभएको पत्ता लगाउने गरी...