हेटौँडा अस्पतालका डाक्टर, नर्ससहित ६६ जनाको स्वाब सङ्कलन

मकवानपुर – कोरोना भाइरसको सङ्क्रमण फैलिएको समयमा हेटौँडा अस्पतालका डाक्टर, नर्स, अनमी, अहेब, ल्याबका प्राविधिक, कर्मचारीसहित ६६ जनाको स्वाब सङ्कलन गरिएको छ ।  कोरोना देखिएपछि दैनिक दुई सयभन्दा बढी बिरामीको उपचार गर्दै आएका स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको हेटौँडा अस्पतालक...

सम्बन्धित सामग्री

कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

चितवनमा शनिबार कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो । ती महिलाको मृत्यु भएसँगै शनिबार साँझ कोरोना रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो । महिलाको पुरानो मेडिकल कलेजबाट भदौ १ गते नै स्वाब सङ्कलन गरी परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाइएको थियो तर रिपोर्ट नआउँदै महिलाको साँझ मृत्यु भएको हो ।