भक्तपुर । बिक्री भएर व्यक्तिको नाममा गएको मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित सयौँ वर्ष अगाडिदेखि धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक रूपमा रहेको कमल पोखरी अर्थात् पलिस्वाँ पुखुः सार्वजनिक रूपमा फर्काउन स्थानीयवासीले माग गरेका छन् ।
यहीँ कमल पोखरीमा फुलेको कमलको फूल बोडे लायकू दरबारमा दशैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानुपर्ने, साउनमा हुने...