निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकी छोरी सुनिधि राणाले सरकारले आफुहरुमाथि अन्याय र अत्याचार गरेको आरोप लगाएकी छन् । उनले आइतबार बिहान १० बजेदेखि सरकारले निवासमा प्रहरी पठाएर आफु र आफ्ना पारिवारिक सदस्यहरुलाई बाहिर समेत निस्कन नदिएर ‘नजरबन्द’मा राखेको बताएकी हुन् । त्यस्तै उनले सरकारले देश नै कब्जा गरेको भन्दै बचाइदिन नेपाली जनतालाई आग्रह समेत गरेकी छन् । ‘हामीलाई बाहिर भित्र गर्न दिइएको छैन । प्रहरीहरु आक्रमक रुपमा आउनुभएको छ । हामीले पनि बाच्न पाउन