विकासका बाधक कानून

संसद्को दिगो विकास तथा सुशासन समितिमा भएको छलफलमा सांसदहरूले संघीय संरचनाअनुसार कानूनहरू नबनेको तथा दिगो विकासमा बाधक भएको बारेमा विचार व्यक्त गरेका छन् । कानून निर्माण गरिने स्थलमा यो वास्तविकतालाई स्वीकार गर्ने सांसदहरू देखापर्नु समस्याको गम्भीरताको द्योतक हो । यद्यपि केही कानूनविद र पत्रपत्रिकाहरूले नेपालका कानूनहरू परस्पर बाझिने तथा विकासका काममा तगारो हाल्ने खालको भएको भनी धेरै पहिलेदेखि नै आलोचना गर्दै आएका थिए । यस्तोमा संसदीय समितिमा यस विषयको उठान हुनु सकारात्मक हो । संसद्मा विकासमा कानूनहरू बाधक भएको विश्वास हुनु सकारात्मक कुरा हो । कानूनहरू संशोधन गर्ने अभियान नै थाल्नुपर्छ । यो १ वर्षमा हुँदैन । कानून जति छोटो हुन्छ त्यति नै बढी स्पष्ट र कार्यान्वयनयोग्य हुन्छ तथा त्यति नै त्यसप्रति सम्मान पनि बढ्छ । धेरै विस्तृत रूपमा विभिन्न कानूनी प्रावधानहरूको व्यवस्था गर्दा ती जेलिन पुग्छन्, तिनको व्याख्या विश्लेषणमा अनेक अर्थ लगाउन मिल्छ । छरिएर रहेका सयौं कानूनबारे जानकारी पनि कम हुन्छ । यसले गर्दा कानून पालना गर्नुभन्दा त्यसबाट जोगिनतर्फ मानिसहरूको ध्यान जान्छ । कानूनी छिद्रहरू खोजेर त्यसमा आफूअनुकूल व्याख्या गर्ने परिपाटी हुन्छ । त्यसैले विश्वभरि नै कानून बनाउँदा अत्यावश्यक कुरामात्रै लेखिन्छ र त्यसलाई विभिन्न कार्यविधि बनाएर तथा अन्य तरीकाले स्पष्ट पार्ने काम गरिन्छ । तर, नेपालमा राणाकालदेखिका कानूनहरू कुनै न कुनै रूपमा प्रचलनमा रहेका छन् । संशोधन भएका तथा प्रतिस्थापन भएका ऐनहरू पनि कुनै न कुनै तरीकाले पुरानै कानूनका निरन्तरता भएको पाइन्छ । विकास निर्माणका काममा जति छोटो प्रक्रिया हुन्छ, कानूनी प्रक्रिया पूरा गर्न जति सहज हुन्छ त्यति नै यसले गति लिने हो । तर, नेपालमा विकास निर्माणका धेरै काममा कानूनहरू, तिनले व्यवस्था गरेका संयन्त्रहरू तथा ती संयन्त्रमा खटिने कर्मचारीहरू कुनै न कुनै रूपमा अवरोध बनेका छन् । कानूनको काम सहजीकरण हो, गलत काम नहोस् भनेर रोक्नु हो । तर, अनेक किसिमका प्रावधानहरूको जालो बनाएर त्यसकै गोलचक्करमा घुमाइरहनु होइन । नेपालमा भने यस्तै भएको पाइन्छ । यद्यपि कानूनको निर्माण यसका लागि भएको भने होइन । कानूनले स्पष्ट मार्गनिर्देशन गर्नुपर्नेमा सरकारी अधिकारीहरूलाई तजबिजी अधिकार बढी दिइएको छ । सरकारी अधिकारीहरूले आफूखुशी यसको व्याख्या गर्ने गरेको पनि पाइन्छ । संसदीय समितिमा यी सबै पक्षमा छलफल हुन सकेको भए कानूनहरूलाई एकीकृत गर्ने तथा तिनलाई सकेसम्म कार्यान्वयन योग्य र छरितो बनाउने प्रयास हुने अपेक्षा गर्न सकिन्थ्यो । तर, समितिमा संयुक्त राष्ट्रसंघको दिगो विकासका लागि बाधक बनेका कानूनका बारेमा मात्रै छलफल भयो । तैपनि कति कानून फेर्ने पर्ने हो, कति कानून एकीकृत गर्नुपर्ने हो भन्नेबारेमा अध्ययन गर्नुपर्छ भन्ने आवाज संसद्भित्र उठ्नु यस सन्दर्भमा महत्त्वपूर्ण नै मान्न सकिन्छ । यस विषयमा संसद्को छलफल संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यमा केन्द्रित रहेको छ । तर, नेपालको प्राथमिकता के हो भन्नेमा पनि ध्यान जानुपर्छ । त्यो राष्ट्रसंघले समस्त विश्वका लागि तय गरेको साझा लक्ष्य हो । तर, हाम्रो लक्ष्य त्यही मात्रै पक्कै होइन । नेपालको प्राथमिकता नेपालीले तय गर्ने हो । दिगो विकासका लक्ष्यमध्ये नेपाल कतिओटा लक्ष्यको नजिक पुगेको र कतिपय त्योभन्दा बढी नै भइसकेको अवस्था छ । त्यसैले विकासको लक्ष्यमा हाम्रा उपलब्धि र कमजोरीको विश्लेषणसहित आफ्नै लक्ष्य तय गरिनु आवश्यक छ । संसद्मा विकासमा कानूनहरू बाधक भएको विश्वास हुनु सकारात्मक कुरा हो । कानूनहरू संशोधन गर्ने अभियान नै थाल्नुपर्छ । यो १ वर्षमा हुँदैन । एउटै घटनामा विद्यमान कुनै कानूनले गम्भीर अपराध मान्छ भने कुनैले सामान्य । एउटै घटनामा दुई वा बढी कानून आकर्षित हुने गरेका छन् । यस्तोमा पहुँचअनुसार कानूनी उपचार गरेर धेरैले उन्मुक्ति पाएको अवस्था पनि छ । पहुँच नहुनेले आफू जिउँदो भएको प्रमाणसमेत जुटाउन नसकेर वर्षौं सरकारी कार्यालयमा चक्कर काट्नु परेको अवस्था पनि छ । यही कुरा विकास निर्माणसँग सम्बद्ध कानूनहरूमा पनि लागू हुन्छ । त्यसैले संसद्ले बाधक कानूनहरूबारे अध्ययन अघि बढाउन एउटा देशव्यापी बहुवर्षीय अभियान नै चलाउनु उपयुक्त हुन्छ ।

सम्बन्धित सामग्री

औद्योगिक वातावरण विपरीतका कानून

नेपालमा औद्योगिक वातावरण हुन नसक्नुका अनेक कारणमध्ये विद्यमान केही कानून पनि बाधक रहेको लामो समयदेखि धेरैले भन्दै आएको कुरा हो । पुन: सोही कुरालाई पुस्ट्याइँ गर्दै नेपाल उद्योग परिसंघले विद्यमान २८ ऐन संशोधन तथा पाँचओटा खारेजीको माग गरेको छ । यीबाहेक नेपालमा अन्य ऐन पनि संशोधन र खारेजी गर्नुपर्ने हुन सक्छ, किनकि कानून भनेको जनताले बुझ्ने र कार्यान्वयन गर्ने खालको हुनुपर्छ । जुन कानून जनताले राम्रोसँग बुझ्दैनन् र कार्यान्वयन गर्न सकिने खालका हुँदैनन्, त्यस्ता कानून राख्नु भनेको मौकामा अरूका विरुद्ध प्रयोग गर्ने नियतबाहेक केही पनि होइन ।  तर, नेपालमा भने कहिल्यै प्रयोगमा नआउने थुप्रै कानून देखाएर शोषण गर्ने प्रचलन छ । कसैलाई दु:ख दिनुपर्‍यो भने वर्षौंंअघिका अनेक कानून खोतल्ने तर जे कुराले अप्ठ्यारो पारेको हो त्यसलाई सम्बोधन नगर्ने कानूनको खासै उपयोगिता हुँदैन । उद्योग व्यवसाय गर्न स्थिर कानूनको मात्र आवश्यकता नभई त्यस्ता कानूनमा स्पष्टता पनि हुनुपर्छ । परिसंघले भनेझै औद्योगिक व्यवसाय, विदेशी लगानी, विदेशमा लगानी, कालोबजारी, जग्गा प्राप्ति, जग्गाको हदबन्दी, कम्पनी, वन, खानी, सार्वजनिक–निजी साझेदारी तथा लगानी, श्रमसम्बन्धी, भूमि बोनसजस्ता कानूनको अहिलेको सन्दर्भमा कुनै अर्थ देखिँदैन । यीमध्ये कतिपय यस्ता कानून छन्, जो वर्षौंअघि बनेका छन्, जुन अहिलेको सन्दर्भममा छेउ, टुप्पो केही मिल्दैन । तर पनि सरकारले यस्ता कानून संशोधन वा खारेज नै गर्छ भनेर अझै विश्वास गर्न सकिँदैन, किनकि सरकारले यिनै कानूनको आडमा मनपर्दी गर्ने गरेको छ ।  औद्योगिक वातावरणलाई सहयोग नगर्ने कानून संशोधन वा खारेज नगर्ने तर देशमा उद्योग, व्यवसायको विकास भएन भनेर रोइकराई मात्र गर्ने हो भने यसबाट केही पनि उपलब्धि हुँदैन । तर, ढिलोचाँडो औद्योगिक वातावरण बिगार्ने यस्ता कानूनको विकल्प भने खोज्नैपर्ने हुन्छ । औद्योगिक वातावरणलाई सहयोग नगर्ने कानून संशोधन वा खारेज नगर्ने तर देशमा उद्योग, व्यवसायको विकास भएन भनेर रोइकराई मात्र गर्ने हो भने यसबाट केही पनि उपलब्धि हुँदैन । सरकारले आउँदो वैशाखमा लगानी सम्मेलन गर्ने तयारी गरेका बेला उद्योगी, व्यवसायीले औद्योगिक वातावरणमा अवरोध ठानेका कानूनको झनै औचित्य देखिँदैन । त्यसैले स्वदेशी मात्र नभई विदेशी लगानी हुन नसकिरहेका बेला कहाँकहाँ अप्ठ्यारो छ भन्ने कुराको टुंगो लगाउन कुनै बहाना गर्नु हुँदैन । वैदेशिक लगानीकै कुरा गर्ने हो भने नेपालमा लगानी किन गर्ने भन्ने कुराको चित्तबुझ्दो जवाफ लगानीकर्ताले पाउन सकेका छैनन् । त्यसकारण सरकारले लगानीकर्तालाई विश्वासमा लिन सकेको छैन । यस्तो बेला निजीक्षेत्रले अघि सारेका समस्या सम्बोधन गर्नु सरकारको कर्तव्य हो । अप्ठ्यारोलाई सहज बनाउनेतिर कदम चाले मात्र सरकारले सहयोग गरेको ठहर्छ । उद्योगी व्यवसायीले भन्दै आएका कानून निर्माणजस्तो नियमित काम वर्षौंदेखि नहुने मुलुकमा उनीहरूले कुन आधारमा लगानी गर्ने भन्ने प्रश्न उठ्नु जायज हो । वास्तवमा नेपालमा लगानी गर्न चाहने विदेशीहरू यहाँको अस्थिर राजनीति, भ्रष्ट प्रशासन यन्त्र र कमजोर कानूनका कारण लगानीका लागि विश्वस्त हुन सकेका छैनन् । नीतिगत अस्थिरता, उद्योग व्यवसायमैत्री कानूनको अभाव, करको किचलोको अवस्थामा उद्योगी, व्यवसायीलाई लगानीका लागि आकर्षित गर्न त्यति सहज हुँदैन । त्यसैले लगानीमैत्री वातावरणका लागि आवश्यक कुरा केके हुन् भन्ने विषयमा लगानीकर्ताकै कुरा सुन्नुपर्छ र तिनलाई सम्बोधन गर्नुपर्छ ।  अन्यथा सरकारमा बस्नेलाई जवाफ थाहा छ भनेर गफ दिँदैमा लगानीकर्ता आश्वस्त हुँदैनन् । सम्पत्ति शुद्धीकरणको कानून बनाउन अन्तरराष्ट्रिय समुदायले पटकपटक आग्रह गर्दासमेत नेपालका सरकारले अटेरी गर्दा पनि वैदेशिक लगानी निरुत्साही भइरहेको सन्दर्भमा स्वदेशी लगानीकर्ताले उठाएका समस्यामा पनि सम्बोधन नहुने हो भने लगानी ठप्प हुने मात्र नभई लगानीकर्ता नै पलायन हुनसक्ने खतरा हुन्छ । स्वदेशी लगानीकर्ताले लगानी गरेपछि नाफा कमाउन खोज्नु स्वाभाविक हो भने सभ्य र विकसित देशका लगानीकर्ता पारदर्शी वातावरणमा लगानी गर्न चाहने र त्यसै प्रकारले नाफा लैजान खोज्ने हुन्छन् । त्यसैले सरकारले यस्ता विविध पक्षलाई सूक्ष्म रूपमा अध्ययन गरी निकासको बाटो पहिल्याउनुपर्छ । सरकारले विभिन्न कानूनको प्रयोग गरी आफूलाई नियन्त्रणमुखी बनाउने सोच राख्नुभन्दा पनि सबैलाई प्रतिस्पर्धामा छोड्ने नीति लिनु बढी उपयोगी र बुद्धिमानी हुन्छ ।

औद्योगिक वातावरणमा २ दर्जनभन्दा बढी नियम कानून बाधक

काठमाडौं । विद्यमान कानून समयसापेक्ष नहुँदा औद्योगिक वातावरण र लगानी प्रोत्साहनमा बाधा पुगेको बताउँदै आएको निजीक्षेत्रले त्यसमा सुधार गर्न सरकारलाई सुझाव दिएको छ । नेपाल उद्योग परिसंघले औद्योगिक व्यवसाय, विदेशी लगानी, विदेशमा लगानी, कालोबजारी, जग्गा प्राप्ति, जग्गाको हदबन्दी, कम्पनी, वन, खानी, सार्वजनिक–निजी साझेदारी तथा लगानी, श्रमसम्बन्धी, भूमि बोनससम्बन्धी लगायत २८ ओटा ऐन र नियमावली संशोधन गर्न, ५ ओटा ऐन खारेज गर्न र ३ ओटा नयाँ ऐन ल्याउन सरकारलाई सुझाव दिएको हो ।  परिसंघले प्रचलित कानूनमा भएका अवस्था, सुधार गर्नुपर्ने विषय र त्यसबाट पर्ने प्रभाव समेटिएको तीनमहले सुझाव पुस्तिका प्रधानमन्त्री पुष्पकमल दाहाल र सरकारका मुख्यसचिव वैकुण्ठ अर्याललाई बुझाएको छ । परिसंघले ‘कानूनमा सुधार, समृद्ध अर्थतन्त्रको आधार २०८०’ बनाएर सरकारलाई सोमवार बुझाएको हो । मौखिक रूपमा कानूनका कारण असहज भएको बताउँदै आएका व्यवसायीले लिखित रूपमा दफागत संशोधन र सुधारका लागि सुझाव दिएका हुन् ।  परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले व्यवसायसँग सम्बद्ध सबै कानून, नियमावलीमा भएका व्यवस्था सम्बन्धमा कानूनविद्, पूर्वप्रशासक, चार्टर्ड अकाउन्टेन्ट र व्यवसायीहरूसँग विस्तृत छलफल गरेर तीनमहले सुझाव दिइएको बताए । ६ महीनाको गृहकार्यपछि सुझावलाई अन्तिम रूप दिइएको तथा संशोधन, खारेजी र थप कानून आवश्यक रहेको निष्कर्ष निकालिएको उनको भनाइ छ । यसअघि २०७५ मा पनि यस्तै सुझाव दिइएको अग्रवालले बताए । ऊबेला अहिले जस्तो बृहत्तर क्षेत्र नसमेटिएको उनको भनाइ छ । ‘सुझावअनुसार सुधार, संशोधन हुनेमा आशावादी छौं,’ अग्रवालले भने, ‘यसले आसन्न लगानी सम्मेलनलाई पनि सघाउनेछ ।’ सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने घोषणा गरेको छ । उक्त सम्मेलनअघि नै लगानीका बाधक ऐन, कानून र नियमावली संशोधन गर्ने सरकारले बताउँदै आएको छ । मुलुकको विद्यमान कानूनी व्यवस्थाको सुधारबाट समग्र आर्थिक विकासमा टेवा पुग्ने अग्रवालको भनाइ छ । परिसंघको सुझावअनुसारको कानूनी व्यवस्था भए समग्र आर्थिक विकासमा टेवा पुग्ने बताइएको छ ।  तीव्र गतिमा लगानीको वातावरण बन्न र औद्योगिकीकरण हुन जरुरी रहेको भन्दै परिसंघले लगानी आकर्षित गर्न औद्योगिक विकासका लागि अनुकूल कानूनी व्यवस्थाको खाँचो औंल्याएको छ । संशोधन गर्नुपर्ने  विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०७५  विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली–२०७७  सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन–२०७५ . सार्वजनिक–निजी साझेदारी तथा लगानी नियमावली–२०७७  नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली–२०७८  औद्योगिक व्यवसाय ऐन–२०७६  औद्योगिक व्यवसाय नियमावली–२०७८  विशेष आर्थिक क्षेत्र ऐन–२०७५  राजस्व न्यायाधिकरण ऐन–२०३१  राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन–२०५२  मूल्य अभिवृद्धिकर ऐन–२०५२ र नियमावली–२०५३  आयकर ऐन–२०५८  कम्पनी ऐन–२०६३  भूमिसम्बन्धी ऐन–२०२१  जग्गा प्राप्ति ऐन–२०३४  जग्गा हदबन्दी छूट दिनेसम्बन्धी आदेश–२०७८  श्रम ऐन–२०७४  श्रम नियमावली–२०७५  बोनस नियमावली–२०३९  सार्वजनिक खरीद ऐन–२०६३  वातावरण संरक्षण ऐन–२०७६ तथा नियमावली–२०७७  वन ऐन–२०७६  वन नियमावली–२०७९  विद्युत् ऐन–२०४९  संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि–२०८०  खानी तथा खनिजजन्य पदार्थ ऐन–२०४२  खानी तथा खनिजजन्य पदार्थ नियमावली–२०५६  संयुक्त आवासको स्वामित्वसम्बन्धी ऐन–२०५४ खारेज गर्नुपर्ने  विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१  क्षतिपूर्ति ऐन–२०१९  कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन–२०३२  नेपाल एजेन्सी ऐन–२०१४  पेटेन्ट, डिजाइन र टे्रडमार्क ऐन–२०२२ नयाँ ल्याउनुपर्ने विदेशी विनिमय (नियमित गर्ने)  ऐन–२०१९ को दफा १० (क)  बमोजिम नेपाल राष्ट्र बैंकको सार्वजनिक सूचना  पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन  भुक्तानी सुरक्षण ऐन

कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति : कर्णालीका मुख्यमन्त्री शर्मा

काठमाडौँ- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कानून कार्यान्वयनको बाधक अस्थिर राजनीति बनेको बताएका छन् । नेपाल कानून समाजद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘सङ्घ, प्रदेश, स्थानीय सरकारको प्रभावकारी समन्वय र स्थानीय सरकारको वर्तमान अवस्था र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले राजनीतिक अस्थिरताका कारण कानून कार्यान्वयन बाधक बन्दा वित्तीय सङ्घीयता सही ठाउँमा लागू नभएको बताए […]

सांसदको गुनासो – ‘कानून निर्माण गर्ने कुरामा सरकार नै बाधक’

काठमाडौं । कानून निर्माण गर्ने कुरामा सरकार नै बाधक हुने गरेको सांसदहरुले गुनासो गरेका छन् । मंगलबार कानूनी शासन केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘कानूनी शासनको प्रवद्र्धनमा संसदको भुमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनीहरुले कानूनी शासनको प्रवद्र्धन गर्ने कानून निर्माण गर्ने विषयमा सरकारबाट नै चुनौति हुने गरेको बताएका हुन् । संविधान बनाउने सांसदहरुले नै सरकारमा जाँदा […]

३ वर्षअघि राजधानीको घोषणा गरेको प्रदेशले अझै पूर्वाधार बनाउन सकेन

कैलाली । साढे ३ वर्षअघि राजधानी घोषणा गरेको सुदूरपश्चिम प्रदेशले अझै पूर्वाधार बनाउन सकेको छैन् । स्थायी राजधानी गोदावरीमा राजधानीका लागि संरचना निर्माणका लागि कानून बाधक भएको तर्क छ । तर, अझैसम्म निर्माणको कुनै प्रकृया थालनी नहुँदा धनगढीवासी रनभुल्लमा पर्दै आएका छन् । कानूनी र प्रक्रियागत जटिलतामै प्रदेश सरकार अल्झिएपछि स्थायी राजधानीमा भौतिक संरचना निर्माणको […]

सुदूरपश्चिममा लोक सेवाको विज्ञापन खोल्न सरकार नै बाधक !

धनगढी : सुदूरपश्चिममा प्रदेश लोक सेवा आयोगले विज्ञापन निकाल्ने तयारी गरेको बताउँदै आएको छ।आयोगले दशैंपछि विज्ञापन खोल्ने तयारी रहेको बताउँदै आएको हो। तर, प्रदेश लोक सेवाले हालसम्म पनि विज्ञापन नखोल्दा सरकारी सेवामा प्रवेश गर्ने सोचमा रहेका युवा अहिले निराश बनेका छन्।भनसुन र पहुँच नभएका सर्वसाधारणको सरकारी सेवा प्रवेश गर्न अवसर दिने लोक सेवाले विज्ञापन नगर्दा प्रदेशका हजारौं युवा निराश भएका हुन्।यता, प्रदेश लोक सेवाले भने पदपूर्ति गर्न आवश्यक ऐन, कानून, नीति र निर्देशिका तथा पाठ्यक्रम त

सांसद्हरूको एउटै स्वर : ‘दिगो विकासमा कानून बाधक देखियो’

काठमाडौं । दिगो विकास लक्ष्य प्राप्त गर्न विद्यमान कानूनहरू बाधक रहेको सांसद्हरूले बताएका छन् । संघीय संसद् राष्ट्रिय सभाअन्र्तगतको दिगो विकास तथा शुसासन समितिका सदस्यहरूले विद्यमान कानून दिगो विकास लक्ष्य अनुकूलका नभएकाले विकासको लक्ष्य प्राप्त गर्न बाधक देखिएका कानूनहरूलाई हटाई छुट्टै कानून ल्याउनुपर्नेमा जोड दिएका हुन् । अधिकांश कानून संघीय संरचनामा लैजान पञ्चायती कानूनमा आनुसांगिक मिलाउने मात्रै काम भएको भन्दै विद्यमान कानूनलाई दिगो विकासको लक्ष्यबाट अध्ययन गर्नुपर्ने आवश्यकता रहेको उनीहरूको भनाइ छ । मंगलवार सिंहदरबारमा बसेको बैठकमा उनीहरूले दिगो विकास लक्ष्य प्राप्त गर्न छुट्टै र विशेष कानून ल्याउनुपर्ने भन्दै त्यसतर्फ आवश्यक पहल गर्न सभापतिको ध्यानाकर्षण गराए । समिति सदस्य दीनानाथ शर्माले आनुसांगिक मात्रै मिलाएका कानूनमा संशोधन गर्नुभन्दा छुट्टै कानून ल्याउनुपर्ने सुझाव दिए । समिति सदस्य महेशकुमार महराले विकास लक्ष्य प्राप्तिका लागि संविधान अनुकूल बनाउन संशोधन गर्ने अथवा समितिले छुट्टै उपसमिति बनाएर केके कानून संशोधन गर्नुपर्छ भनेर अध्ययन गर्नुपर्ने बताए । ‘कति कानून संविधान अनुकूल बनाउनुपर्नेछ वा नयाँ कानून बनाउनुपर्नेछ भन्नेमा समितिले विज्ञसहितको उपसमिति बनाएर अध्ययन गर्नुपर्ने हुन्छ । त्यसतर्फ सभापतिको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने । समिति सदस्य गंगा बेल्बासेले दिगो विकास लक्ष्यका लागि विधेयक नै ल्याउन सरकारले तयारी गर्नुपर्ने बताइन् । त्यस्तै, समितिका अर्का सदस्य विमला घिमिरेले अहिले बनिसकेका कतिपय कानून कार्यान्वयनमा समस्या भएको स्मरण गराउँदै प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिनुपर्ने बताइन् । सांसद शारदा देवी भट्टले विद्यमान कानून संशोधन भएमात्रै दिगो विकास लक्ष्य प्राप्त गर्न सकिने भन्दै त्यसतर्पm समितिले पनि थप सक्रियता देखाउनुपर्ने बताइन् । ‘राणा शासनदेखि विद्यमान रहेको कानून संशोधन हुनुपर्छ तब मात्रै दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सजिलो हुन्छ,’ उनले भनिन् । छलफलपछि समितिले विद्यमान कानूनहरूलाई दिगो विकास लक्ष्यअनुरूप संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिमा करीब साढे ३ सयओटा विद्यमान कानूनहरूमा संशोधन आवश्यक रहेको विषयसमेत उठेको थियो । अधिकांश कानूनहरू नयाँ संविधान जारी हुनु पहिला, दिगो विकास लक्ष्य अनुमोदन गर्नुपूर्व बनेकाले ती कानूनले दिगो विकासका लक्ष्यहरूलाई सम्बोधन गर्न नसक्ने ठहर समितिले गरेको छ ।

विकासका लागि कानून बाधक बन्दैनः प्रधानन्यायाधीश राणा

काठमाडाैँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले विकासका लागि कानून बाधक नबन्ने बताएका छन् ।  सर्वोच्च बार एकाइद्वारा आजदेखि शुरु भएको ‘कानून र विकास’ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘‘विकास समग्र समाज र राष्ट्रको ...

अखाद्य वस्तु विक्री गर्नेलाई कार्बाही गर्न खोज्दा कानून नै बाधक!

मिसावट तथा दुषित खाद्यवस्तु उत्पादन तथा विक्रिवितरणमा रोक लगाउन खाद्य ऐन नै बाधक रहेको खुलासा भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिसावट तथा दुषित खाद्यवस्तु उत्पादन तथा विक्रिवितरणमा रोक लगाउन खाद्य ऐननै बाधक रहेको जानकारी गराएको हो। विभागले खाद्य उद्योगको बजार अनुगमनको कामलाई तीव्रता दिएपनि त्यसको गुणस्तर नियमनको काममा भने विद्यमान ऐननै बाधक बनेको…