श्रीलङ्का र डेनमार्कमा प्रस्तावित राजदूतको सुनुवाइ

काठमाडौँ । संसदीय सुनुवाइ समितिले श्रीलङ्का र डेनमार्कका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गरेको छ । शुक्रवार सिंहदरवारमा बसेको समितिको बैठकले श्रीलङ्काको लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कको लागि प्रस्तावित राजदूत प्रा.डा. रामस्वार्थ राय विरुद्धमा परेका उजुरीमाथि सुनुवाइ गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित राजदूतविरुद्ध उजुरी परेकोले स्पष्टीकरण सोधिएको बताए । उनले प्रस्तावित […]

सम्बन्धित सामग्री

प्रस्तावित थप चार राजदूतको सुनुवाइ

संसदीय सुनुवाइ समितिले विभिन्न देशमा प्रस्तावित थप चार राजदूतको सुनुवाइ गरेको छ । समितिले प्रस्तावित १७ मध्ये बुधबारसम्म १३ जनाको सुनुवाइ गरेको छ । बुधबार रुसका लागि प्रस्तावित राजदूत जङ्गबहादुर चौहान, साउदी अरबका लागि प्रस्तावित नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्रस्तावित प्राडा कपिलमान श्रेष्ठ र दक्षिण कोरियाका लागि प्रस्तावित डा. शिवमाया तुम्बाहाङ्फेको सुनुवाइ भएको छ । समितिको कार्यतालिका अनुसार अब स्पेन, श्रीलङ्का, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ बाँकी छ । प्रस्तावित सबैको सुनुवाइ सकेपछि समितिले अनुमोदनबारे निर्णय गर्ने छ । सुनुवाइका क्रममा प्रस्तावित राजदूत चौहानले रुसमा युद्धमा सहभागी भएका नेपाली नागरिकलाई स्वदेश फिर्ताको पहल गर्ने बताउनुभयो । उहाँले नागरिकको स्वदेश फिर्तीका लागि सहजीकरण गर्न पनि आग्रह गर्नुभयो ।