प्रस्तावित थप चार राजदूतको सुनुवाइ

संसदीय सुनुवाइ समितिले विभिन्न देशमा प्रस्तावित थप चार राजदूतको सुनुवाइ गरेको छ । समितिले प्रस्तावित १७ मध्ये बुधबारसम्म १३ जनाको सुनुवाइ गरेको छ । बुधबार रुसका लागि प्रस्तावित राजदूत जङ्गबहादुर चौहान, साउदी अरबका लागि प्रस्तावित नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्रस्तावित प्राडा कपिलमान श्रेष्ठ र दक्षिण कोरियाका लागि प्रस्तावित डा. शिवमाया तुम्बाहाङ्फेको सुनुवाइ भएको छ । समितिको कार्यतालिका अनुसार अब स्पेन, श्रीलङ्का, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ बाँकी छ । प्रस्तावित सबैको सुनुवाइ सकेपछि समितिले अनुमोदनबारे निर्णय गर्ने छ । सुनुवाइका क्रममा प्रस्तावित राजदूत चौहानले रुसमा युद्धमा सहभागी भएका नेपाली नागरिकलाई स्वदेश फिर्ताको पहल गर्ने बताउनुभयो । उहाँले नागरिकको स्वदेश फिर्तीका लागि सहजीकरण गर्न पनि आग्रह गर्नुभयो ।

सम्बन्धित सामग्री

संसदीय सुनुवाइमा नयाँ अभ्यास : कार्ययोजना सम्बन्धित निकायमा पठाइयो

सङ्घीय संसद्ले संसदीय सुनुवाइमा नयाँ परम्पराको थालनी गरेको छ । हालै विभिन्न देशका लागि प्रस्तावित तीन राजदूतको सुनुवाइका क्रमदेखि प्रक्रिया समापनसम्म संसदीय सुनुवाइ समितिले नयाँ अभ्यासको थालनी गरेको हो । सो अभ्यासले सुनुवाइ र नियुक्ति हुने पदाधिकारीको मूल्याङ्कन समेतलाई सहयोग पु¥याउने समितिको विश्वास छ । समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ र अनुमोदन प्रक्रिया सकिसकेको छ । समितिले सुनुवाइ प्रक्रिया आरम्भ अघि हुने उजुरीकर्ताको उपस्थिति तथा अनुमोदनपछिको सम्बन्धित निकायमा हुने पत्राचारमा नयाँ व्यवस्था सुरु गरेको हो । संसदीय सुनुवाइको इतिहासमा पहिलो पटक समितिले उजुरीकर्ता सम्पर्कमा नआएमा सार्वजनिक सूचनामार्फत समितिमा सम्पर्कमा आउन थप सूचना जारीको अभ्यास गरेको थियो । साथै सुनुवाइका क्रममा प्रस्तावित पदाधिकारीले पेस गरेको कार्ययोजना र प्रतिबद्धतालाई सम्बन्धित निकायमा पठाउने दोस्रो परम्परा यो पटकदेखि सुरु गरिएको हो । यसअघि कार्ययोजना समितिमा पेस भएपछि सम्बन्धित निका