तनहुँ - सूर्योदय र कुहिरो हेर्न हिजाे शनिवार तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजारभन्दा बढी पर्यटक पुगेका थिए । दमौली बजारलाई कुहिराेले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक हिजाे मानुङकोट पुगेका हुन् ।
मानुङकोटमा शुक्रवार रातिदेखि नै पर्यटकको चहलपहल बढेको थियो । शुक्रवार राति नै मानुङकोट पुगेका पर्यटकले होटल तथा टेन्टमा रात बिताएका थिए भने शनिवार बिहानैदेखि पर्यटकको भिड बढेको स्थानीय युवा अनिल अधिकारीले जानकारी दिनुभयो । 'य...