तालिबानका प्रवक्ता अहमदुल्लाह वासिकले तालिबानसँगको सम्बन्धको पुनर्मूल्याङ्कन गर्ने जर्मनीको निर्णयको स्वागत गरेका छन् । द्विपक्षीय सम्बन्ध पुनः सञ्चालन हुने आशा व्यक्त गरेका प्रवक्ताले काबुलमा जर्मन दूतावास पुनः खोल्ने र द्विपक्षीय सम्बन्ध नयाँ ढङ्गले अगाडि बढ्नेमा आफू आशावादी रहेको खामा प्रेसलाई बताएका छन् । अफगान जनताका लागि मानवीय सहायतामा पहुँच प्रदान गर्न बर्लिनले जर्मन कूटनीतिज्ञहरूलाई फिर्ता गर्ने र युद्धग्रस्त देशमा काम पुनः सुरु गर्नेबारे छलफल गरेको जनाइएको छ ।
अफगानिस्तानका लागि जर्मन क्याबिनेटका व...