पुलिसलाई पराजित गर्दै एएफसी कपमा छनोट भयो मच्छिन्द्र

साविक च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले नेपालको तर्फबाट एएफसी कप छनोटमा स्थान बनाउन सफल भएको छ।सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार दशरथ रंगशालामा भएको निर्णायक खेलमा नेपाल पुलिसलाई १-० ले पराजित गर्दै मच्छिन्द्र पहिलो पटक एएफसी कपमा स्थान बनाएको छ।सहिद स्मारक ए डिभिजन लिगको सातौं चरणमा शीर्ष स्थानमा रहँदै मच्छिन्द्रले छनोटमा स्थान बनायो।पहिलो हाफमा मच्छिन्द्र क्लबले नेपाल पुलिसविरुद्ध लिएको १-० को अग्रता नै निर्णायक बन्यो।खेलमा साविक च्याम्पियन मच्छिन्द्रले २१ औं मिनेटमा अग्रता लिन सफल

सम्बन्धित सामग्री

एएफसी कप छनौट खेलमा मच्छिन्द्र क्लब भारतको मोहनबगानसँग पराजित

काठमाडौं । एएफसी कप छनोट खेल अन्तर्गत बुधबार भएको खेलमा नेपाली टोली मच्छिन्द्र फुटबल क्लब भारतको मोहन बगान सुपर जायन्टसँग पराजित भएको छ । पराजयसँगै मच्छिन्द्र एएफसी कप छनोट चरणबाटै बाहिरिएको छ । भारतको कोलकातामा बुधबार साँझ भएको खेलमा मोहन बगानसँग मच्छिन्द ३–१ गोलअन्तरले पराजित भएको हो । मोहन बगानका लागि अनवर अलीले २ र […]

मच्छिन्द्र पहिलो चरणबाटै बाहिरियो

काठमाडौं । आधा दर्जन जति गोलको अवसर गुमेपछि मच्छिन्द्र एफसीले दशरथ रंगशालामा हार बेहोरेको छ । नेपालको ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रको लागि एएफसी कप छनोटको दोस्रो चरणमा पुग्न जित आवश्यक थियो । तर, गोल गर्न नसक्दा श्रीलंकाको ब्लु स्टार एससीसँग मच्छिन्द्र २–१ ले पराजित भयो । मंगलबार भएको खेलमा ब्लु स्टारले पहिलो हाफमै दुई […]

एनएसएलका कारण मच्छिन्द्रलाई गोल गर्ने खेलाडीको अभाव !

नेपालका ए डिभिजन लिग क्लब मच्छिन्द्रले मंगलबार एएफसी कप छनोट–२०२२ को प्ले अफ अन्तर्गत श्रीलंकाको क्लब ब्लू स्टारसँग खेल्यो । पहिलो पटक एएफसी कप छनोट खेलेको मच्छिन्द्र ब्लू स्टारसँग २–१ गोल अन्तरले पराजित हुँदै प्लेअफबाट नै बाहिरियो । नेपालका लिग च्याम्पियन क्लब श्रीलंकाको क्लबविरुद्ध फिक्का भयो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा ब्लू स्टारको जितमा मोहमेद इसान र सेनाल सन्देशले एक–एक गोल गरे । यता मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठले इन्ज्युरी समयमा एक गोल फर्काए

ए डिभिजन लिग : मच्छिन्द्र क्लब बाहिरियो

सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब एएफसी कपअन्तर्गत प्रारम्भिक छनोट चरणबाटै बाहिरिएको छ । दशरथ रंगशालामा मच्छिन्द्रले श्रीलंकाली लिग च्याम्पियन  ब्लु स्टार एससीसँग प्रतिस्पर्धा गर्दा २–१ ले पराजित...

ब्लु स्टारसँग पराजित हुँदै प्रारम्भिक चरणबाटै बाहिरियो मच्छिन्द्र

काठमाडौं : नेपालको सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लब एएफसी कप छनोटको प्रारम्भिक चरणबाटै बाहिरिएको छ। मंगलबार दशरथ रंगशालामा भएको खेमला मच्छिन्द्र श्रीलंकाको ब्लु-स्टार क्लबसँग २-१ ले पराजित हुँदै पहिलो खेलबाटै बाहिरिएको हो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ब्लु स्टारको जितमा मोहमेद इसान र सेनाल सन्देशले गोल गरे। मछिन्द्रका कप्तान सुजल श्रेष्ठले एक गोल फर्काए पनि टिमको हार टार्न पर्‍याप्त भएन। खेलमा सुरुवातबाटै ब्लु स्टारले मच्छिन्द्रमाथि दबाब बढाएको थियो।खेलमा १५औ

एएफसी कप छनोट : मच्छिन्द्र क्लब श्रीलङ्काको ब्लु स्टारसँग पराजित

काठमाण्डाै – मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोट प्रतियोगिताअन्तर्गत पहिलो खेलमै पराजित भएको छ । मच्छिन्द्रले श्रीलङ्काको ब्लु स्टार स्पोर्टस् क्लबसँग दुई–एक गोल अन्तरले पराजित भएकाे हाे ।  त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आज मङ्गलवार भएको खेलमा मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठले मात्र गोल गर्न सके । श्रीलङ्काको ब्लु स्टारका लागि मोहमद इशान र सेनल सन्देशले एक/एक गोल गरे ।  मच्छिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेलेको हो । गएकाे वर्ष याे छनोट प्रतियोगितामा नेपालबाट त्रिभुवन आर्मी फुटबल क्लब सहभागी भएको थियो । अब...

ब्लू स्टारसँग पराजित हुँदै मच्छिन्द्र बाहिरियो

नेपालको ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोट–२०२२ को प्ले अफ अन्तर्गत श्रीलंकन क्लब ब्लू स्टारसँग पराजित भएको छ । मंगलबार भएको खेलमा मच्छिन्द्र श्रीलंकलन क्लब ब्लू स्टारसँग २–१ गोल अन्तरले पराजित भएको हो ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २४औं मिनेटमा मोहमद हसनले गोल गर्दै ब्लू स्टारलाई अग्रता दिलाए । मच्छिन्द्रका विशाल राईले फउल गरेपछि हसनले पाएको फ्रिकिलाई विट गर्दै गोल गरेका थिए । २८औं मिनेटमा ब्लू स्टारले आफ्नो अग्रता दोब्बर पार्यो । ब्लू स्टारका सहने

एएफसी कप छनोट: मच्छिन्द्रले ब्लु स्टारविरुद्ध दशरथ रंगशालामा खेल्ने

काठमाडौँ : एएफसी कप छनोटअन्तर्गत नेपाली क्लब मच्छिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टारसँगको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने भएको छ। बिहीबार एएफसीले मैदान र खेल समय तय गरेको हो।५ अप्रिलमा दशरथ रंगशालामा हुने खेल साँझ पाँच बजे सुरु हुनेछ। जारी लिगका सातौं चरणसम्म शीर्ष स्थानमा रहँदै मच्छिन्द्रले पहिलोपटक एएफसी कप छनोटमा स्थान बनाएको थियो।अहिले पनि लिगको शीर्ष स्थानमा रहेको मच्छिन्द्रले ब्लु स्टारलाई पराजित गरेमा दोस्रो खेलमा भारतीय क्लब मोहन बगानसँग प्रतिस्पर्धा गर्ने छ। उक्त खेल १

मनाङद्वारा ब्रिगेड पराजित एएफसी कपको छनोट संभावना कायमै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङदी क्लबले ब्रिगेड ब्वाइजलाई पराजित गर्दै एएफसी कप छनोटको संभावना कायमै राखेको छ।एएफसी कपको क्वालिफायर्समा जानका लागि अब मनाङले मच्छिन्द्रको खेलको प्रतिक्षा गर्नु पर्ने छ। मच्छिन्द्र पुलिससँग पराजित भएमा वा बराबरीमा रोकिएमा मनाङले छनोटमा प्रतिस्पर्धा गर्ने छ। आठौं चरणमा लिगको शीर्ष स्थानमा रहने टिमले एएफसी क्वालिफायरमा प्रतिस्पर्धा गर्ने छ।मनाङको घरेलु मैदान पोखरामा भएको खेलमा ब्रिगेड ब्याइजलाई १–०ले पराजित गर्दै मनाङले महत्वपुर्ण तीन