नेपालमा ३ हजार जनामा चिनियाँ खोपको परीक्षण गरिने

नेपालको सरकारले चिनियाँ वालभ्याक्स बायोटेक्नोलोजीले विकास गरिरहेको कोरोना खोपको परिक्षण नेपालमा गर्न अनुमति दिएको छ । सो चिनियाँ खोपको तेस्रो चरणको परिक्षण गर्न नेपालले अनुमति दिएको हो । वालभ्याक्स र नेपालको साझेदार देउराली–जनता फर्मास्युटिकल प्रा.लि.ले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ हजार जनामा खोपको तेस्रो चरणको परिक्षण गर्नेछ । उक्त खोप वालभ्याक्स र चीनको […]

सम्बन्धित सामग्री

चिनियाँ ‘अरकोभ’ भ्याक्सिन नेपालमा क्लिनिकल ट्रायल गरिँदै

काठमाडौं : चिनियाँ कम्पनी वालभ्याक्सले कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको ‘अरकोभ’ खोप नेपालमा क्लिनिकल ट्रायल हुने भएको छ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीका अनुसार तेस्रो चरणको ट्रायलमा रहेको उक्त भ्याक्सिन नेपालमा क्लिनिकल ट्रायलका लागि परिषद्को इथिकल कमिटीबाट पास भइसकेको छ। ट्रायलका लागि क्याबिनेटले समेत अनुमति दिइसकेको छ।‘अब हामीले ३ हजार जनामा यो खोप क्लिनिकल ट्रायल गर्ने गरी योजना अगाडि बढाएका छौँ,’ सदस्यसचिव ज्