बैतडी : दोगडाकेदार गाउँपालिकाले अक्सिजन सिलिण्डरसहित आइसोलेसन कक्ष स्थापना गर्ने तयारी थालेको छ। नयाँ भेरियन्टसहित दोस्रो लहरको कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि रोकथाम तथा नियन्त्रणको लागि बैतडीका स्थानीय तहहरूले तयारी थालेका हुन्।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथका अनुसार पालिकाको दुई स्थानमा गरि अक्सिजनसहितको १३ बेडको आइसोलेसन कक्ष निर्माणको तयारी भएको हो। गाउँपालिकाको वडा-३ स्थित श्रीकोट स्वास्थ्य चौकी र वडा- ५ को न्वाली स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टरको स्थापनाको तयारी...