जुम्ला – जुम्लामा भोट नहालेको भन्दै वडाध्यक्षका उम्मेदवारले दुई जनालाई कुटपिट गरेका छन् । चन्दननाथ नगरपालिका वडा नम्बर ८ नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार रुपबहादुर रोकायाले भोट नहालेको र धोका दिएको भन्दै त्यही वडाका कुमार बिक्रम शाही र कमल बोहरालाई कुटपिट गरेका छन् ।
वडाध्यक्षका उम्मेदवार रोकाया सहितले कुटपिट गरेर चन्दननाथ ८ कोटिला गाउँ निवासी स्थानीय कुमार शाही घाइते भई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । वडाध्यक्षका उम्मेदवार रोकायाले आफूलाई उनका भाइ कृष्ण ...
कैलाली । प्रतिपक्षी दल नेकपा एमालेबाट गोदावरी नगरपालिका–६ का वडाध्यक्षका उम्मेदवार जग्गु चौधरी र उनको परिवारमाथि सत्तासाझेदार दल नेपाली कांग्रेसका कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् । बुधबार राति कांग्रेसका कार्यकर्ताले घरमै पसेर चौधरी र उनको परिवारमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट एमाले वडाध्यक्षका उम्मेदवार चौधरी, उनकी छोरी २३ वर्षीया लक्ष्मी चौधरी, भाइ बिन्तीराम […]
काठमाडौँ । कैलालीमा सत्तारूढ गठबन्धनका कार्यकर्तालेले एमाले कार्यकर्तामाथि आक्रमण गरेका छन् । गठबन्धनका पार्टीका कार्यकर्ताको आक्रमणबाट एमालेका चार जना कार्यकर्ता घाइते भएका छन् । गोदावरी नगरपालिका-६ का एमालेको वडाध्यक्षका उम्मेदवार जग्गु चौधरीका भाइ बिन्तीराम चौधरीसहितका चार जना एमाले कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश […]
२७ वैशाख, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माका भाइ लक्ष्मीनारायण शर्मा नागार्जुन नगरपालिका वडा नं. ४ मा वडाध्यक्षको उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसबाट शर्माले वडाध्यक्षका लागि उम्मेदवारी दिएर उनी चुनावी मैदानमा उत्रिएका हुन् । शर्मा प्रधासेनापतिका कान्छा भाइ हुन् । शर्माले १३ बुँदे संकल्प पत्र अघि सार्दै घरदैलो अभियान चलाइरहेका छन् । उनले आफूले वडाध्यक्ष […]