भारतमा उत्पादन घटाउँदै एफएमसीजी कम्पनीहरु

एजेन्सी। कोरोनाको दोस्रो लहरका कारण भारतमा फास्ट मुभिङ कन्जुमर गुड्स(एफएमसीजी)को उत्पादन घटाइएको छ। वितरक तथा ई–कमर्स कम्पनीमा परिचलान समस्या आएका कारण उत्पादन घटाइएको हो। भारतको सबैभन्दा ठूलो बिस्कुट उत्पादक कम्पनी पार्लेलगायत अन्य कम्पनीले आधा उत्पादन घटाएका छन्। कोरोनाको कारण कम समय पसल खुल्ने, कर्मचारीलाई विदा हुने र ग्राहकको माग कम भएका कारण एफएमसीजी उत्पादन घटाइएको हो।

सम्बन्धित सामग्री

विद्युतजडित क्षमता बढ्दै, तर  जलवायु परिवर्तनले उत्पादन घटाउँदै

जडित क्षमता तीन हजार मेगावाट, उत्पादन आठ सय मेगावाटभन्दा कम चालू आव ०८०/८१ को ६ महिनामा राष्ट्रिय ग्रिडमा एक सय ४४ मेगावाट विद्युत् थपिएको छ । निजी क्षेत्रका विभिन्न १० आयोजनाबाट सोबराबरको...

मूल्य नपाउँदा दूधको उत्पादन घटाउँदै किसान

गोठमा उन्नत जातका दश वटा गाई छन् । बिहानबेलुका दानापानी र दिउँसोको समयमा पर्याप्त घाँस दिनसके माउ गाईले दिनमा दुई पटकको दरले चारदेखि छ लिटर दूध दिन्छन् । सहकारीमार्फत् दूध बिक्री हुने भएकाले बजारको समस्या त किसानलाई छैन तर मूल्य वृद्धिको मारले थिचेको छ ।दुईवर्ष पहिले ४० लिटरसम्म दूध बेचेका बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका विकास […]

मूल्य नपाउँदा दूधको उत्पादन घटाउँदै किसान

काठमाडौँ,१४ कार्तिक । गोठमा उन्नत जातका दश वटा गाई छन् । बिहानबेलुका दानापानी र दिउँसोको समयमा पर्याप्त घाँस दिनसके माउ गाईले दिनमा दुई पटकको दरले चारदेखि छ लिटर दूध दिन्छन् । सहकारीमार्फत् दूध बिक्री हुने भएकाले बजारको समस्या त किसानलाई छैन् तर मूल्य वृद्धिको मारले थिचेको छ । दुईवर्ष पहिले ४० लिटरसम्म दूध बेचेका बागलुङको […]

स्वदेशी उत्पादन बढेपछि विद्युत् आयात घट्यो

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले विस्तारै विद्युत् आयात घटाउँदै लगेको छ।पछिल्लो साता  मुलुकभर वर्षा वृद्धिसँगै खोलानालामा जलप्रवाह बढ्न थालेपछि नेपालमा विद्युत् उत्पादन वृद्धि भएको छ। जसका कारण आयात पनि कम गरिएको प्राधिकरणका प्रवक्ता सुरेशकुमार भट्टराईले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार हाल नेपालमा दैनिक करिब २९ हजार मेगावाट प्रतिघण्टा विद्युत् उत्पादन भइरहेको छ। नियमित पानी पर्न थालेपछि आन्तरिक उत्पादनमा सुधार आएको हो।३३ हजार मेगावट प्रतिघण्टा माग धान्नका लागि

निजी क्षेत्रलाई इन्धन आयात गर्न दिने छलफल भइरहेको छ : मन्त्री बडु

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आयात घटाउँदै राष्ट्रिय उत्पादन बढाएर आर्थिक क्षेत्रलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक स्थायित्व विषयमा गरेको छलफलमा मन्त्री बडूले मुलुकको व्यापार घाटा निकै बढ्दै गएको अवस्थामा आयात घटाउँदै राष्ट्रिय उत्पादन बढाएर आर्थिक क्षेत्रलाई बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् । उनले अनुभव […]

घरेलु उत्पादन थप घटाउँदै टोयोटा

पुस ५, टोकियो (जापान) । । जापानी मोटर निर्माता कम्पनी टोयोटा मोटर कर्पोरेशनले डिसेम्बरमा घरेलु उत्पादनमा थप कटौती गर्ने भएको छ ।  दक्षिण पूर्वी एशियाबाट पार्ट्स किन्न कठिनाई भएपछि कम्पनीले सो निर्णय गरेको हो । कम्पनीले भर्खरै जापानमा रहेका ६ कारखानामा उत्पादन यस महीनाको पाँच दिनसम्म घटाउने निर्णय गरेको छ ।  यसले कम्पनीको करीब ८ हजार सवारी साधन उत्पादन प्रभावित हुने बताइएको छ । योसँगै प्रभावित सवारी साधनको संख्या २२ हजार थान पुग्ने शनिवार कम्पनीका अधिकारीहरुले बताएका छन् । एजेन्सी

थप ४ लाख थान उत्पादन घटाउँदै टोयोटा

भदौ २७, टोकियो (जापान) । जापानी अटो निर्माता कम्पनी टोयोटा मोटरले विश्वभर सवारी साधन उत्पादन थप ४ लाख थानले घटाउने भएको छ । सेप्टेम्बर र अक्टोबरमा उक्त परिमाणमा उत्पादन घटाउन लागिएको हो । दक्षिण एशियाबाट पार्ट्स खरीदमाअप्ठयारो भएको तर्फ औंल्याउँदै कम्पनीले यस्तो निर्णय गरेको हो ।  कम्पनीले यसअघि ३ लाख ६० हजार थान उत्पादन घटाउने घोषणा गरिसकेको छ ।सेप्टेम्बरमा ७० हजार थान र अक्टोबरमा ३ लाख ३० हजार थान सवारी साधन उत्पादन कम गर्ने कम्पनीको निर्णय छ । फलतः यस महीनामा कम्पनीको उत्पादन यसअघि अनुमान गरिएको भन्दा आधा मात्रै हुनेछ । आगामी महीना भने यो दर ४० प्रतिशत कम हुने छ । विश्वभर देखिएको चिप अभावका कारण पनि उत्पादन प्रभावित भएको हो ।  मार्चसम्मको चालू आवमा टोयोटाले घरेलु र सीमापार उत्पादन प्रक्षेपण कम गरेको छ । नोभेम्बर र त्यसपछिको महीनाको उत्पादन परिदृश्य अस्पष्ट छ । तर सञ्चालन आय प्रक्षेपणमा भने कुनै परिवर्तन नगर्ने योजना टोयोटाको छ । एजेन्सी

भारतमा उत्पादन घटाउँदै एफएमसीजी कम्पनीहरु

एजेन्सी। कोरोनाको दोस्रो लहरका कारण भारतमा फास्ट मुभिङ कन्जुमर गुड्स(एफएमसीजी)को उत्पादन घटाइएको छ। वितरक तथा ई–कमर्स कम्पनीमा परिचलान समस्या आएका कारण उत्पादन घटाइएको हो। भारतको सबैभन्दा ठूलो बिस्कुट उत्पादक कम्पनी पार्लेलगायत अन्य कम्पनीले आधा उत्पादन घटाएका छन्। कोरोनाको कारण कम समय पसल खुल्ने, कर्मचारीलाई विदा हुने र ग्राहकको माग कम भएका कारण एफएमसीजी उत्पादन घटाइएको हो।

२५% सिमेन्ट उद्योग बन्द, अन्य उद्योग पनि उत्पादन घटाउँदै

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरिएन्टको संक्रमण ≈वात्तै बढेको र जारी निषेधाज्ञा पनि लम्बिएसँगै निर्माण उद्योगहरूको उत्पादन क्षमता कम हुन थालेको छ । संक्रमणको डर र निषेधाज्ञाका कारण हाल २५ प्रतिशत सिमेन्ट उद्योग बन्द भइसकेका छन् भने सञ्चालनमा आएका ७५ प्रतिशत उद्योगले कम क्षमतामा उत्पादन गरिरहेका छन् । डन्डी उद्योगहरूले पनि पूर्ण क्षमतालाई घटाएर दैनिक १०÷१२ घण्टा उत्पादन थालेका छन् । उद्योग व्यवसायभन्दा पनि मानिसको जीवन रक्षा र संक्रमणरहित रहनु नै प्रमुख चुनौती बनेका बेला उत्पादनतर्पm त्यति ध्यान पु¥याउन नसकिएको उद्योगी व्यवसायीहरू बताउँछन् । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले निषेधाज्ञा जारी भएसँगै उत्पादन र माग ह्वात्तै घटेको जानकारी दिए । ‘अहिले उत्पादन क्षमता घटाएरै भए पनि केही उद्योगहरू चलिरहेका छन्,’ उनले भने, ‘कामदार नै नभएको र भएकामा पनि संक्रमण देखिँदा २५ प्रतिशतजति उद्योग बन्द भएका छन् ।’ हालको अवस्थामा साइटमा गएर काम गर्न डराएको र निर्माण पनि सुस्त भएकाले सिमेन्ट डन्डीको माग पनि कम भइसकेको उनले बताए । निषेधाज्ञाकै बीचमा यी निर्माण सामग्रीको माग ५० प्रतिशतजति घटेको अनुमान उनको छ । अहिले खानी उद्योगहरू पनि बन्द भएका छन् । खानी उद्योग बन्द हुँदा क्लिंकर आयात हुने सम्भावना देखिएको थापाले बताए । अहिले प्रत्येक सिमेन्ट उद्योगमा भएका सिलिन्डरहरू पनि सम्बद्ध निकायलाई सहयोग गर्न सर्कुलर नै जारी गरिएको उनको भनाइ छ । यसैगरी डन्डी उद्योगहरू पनि धेरैजसो बन्द भएको स्रोतको दाबी छ । यी उद्योगमा अक्सिजन सिलिन्डर चाहिन्छन् । तर, कोभिडका बिरामीहरूका लागि अत्यावश्यक भएकाले उद्योगहरूले अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । पञ्चकन्या ग्रूपका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले कामदारहरूलाई उद्योगभित्र नै खाना र वासको व्यवस्था गरी केही मात्रामा भए पनि उद्योग सञ्चालन गरिएको बताए । ‘उद्योग बन्द गरेर भएन, कर्मचारीहरूलाई पारिश्रमिक दिनैप¥यो,’ श्रेष्ठले भने, ‘साविकको जस्तो पूर्ण क्षमतामा उत्पादन गर्न नसकेको छैन ।’ अहिले केही माग भए तापनि सप्लाइ गर्न अप्ठ्यारो भएको उनको भनाइ छ । डन्डी उद्योगमा भएका अक्सिजन सिलिन्डरहरू कोभिडका बिरामीको उपचारका लागि उपलब्ध गराएको उनले जानकारी दिए । उनले भने, ‘उद्योगको उत्पादन कम होला । तर, मानिसको ज्यान जोगाउन अहिले सबैको सहकार्य र सहयोगको खाँचो छ ।’ ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवाल ग्रील तथा स्टीलजन्य वस्तुहरूको उत्पादन १५ देखि २० प्रतिशत मात्रै हुन थालेको बताए । अहिलेको अवस्थाले व्यवसायीहरू समेत हच्किएको भन्दै अत्यावश्यक उत्पादनबाहेक अन्यको अवस्था कमजोर नै भएको बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघकोे वस्तुगत उपाध्यक्षसमेत रहेका कटुवालले कृषि, पशुपक्षीजन्य, डेरी तथा अत्यावश्यक खाद्यान्न तथा अन्य सामग्रीबाहेकका उद्योगहरू सामान्यतया बन्द हुने क्रम शुरू भएको उल्लेख गरे । ‘अहिले स्थानीय उत्पादनले बजार नपाएको अवस्था छ,’ उनले भने, ‘अहिले हस्तकलाका सामग्रीहरू बनाउन पनि कच्चा पदार्थको स्टक सकिएको अवस्था छ ।’

सिजनमै उत्पादन घटाउँदै उद्योग

उद्योगमा कोभिडको दोस्रो लहरको असर कोरोनाका कारण लामो समय थलिएका उद्योगहरू उठ्ने तर्खरमा रहेकै बेला कोरोनाको दोस्रो लहरले उद्योगहरूलाई पुरानै अवस्थातर्फ धकेल्न सुरू गरेको छ । पछिल्ला तीन महिनामा उत्पादन क्षमता बढाउँदै गएका उद्योगीहरू वैशाखको पहिलो सातादेखि नै उत्पादन घटाउन थालेका छन् । उत्पादन क्षमता घटाउनुको मुख्य कारण बजार माग घट्नु नै भएको उद्योगीहरूले बताएका […]