महामारीको बेला स्वास्थ्य सामग्रीमा खरिदमा चरम भ्रष्टाचार भएकाे पुष्टि !

सरकारी कार्यालयतर्फ १ अर्ब ८४ करोड २३ लाख १४ हजार बेरुजु देखिएको छ भने संगठित संस्थातर्फ ५ अर्ब ५ करोड २४ लाख १९ हजार बेरुजु देखिएको छ । स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्यसँग सम्बद्ध सरकारी संस्थाहरूमा देखिएको बेरुजुले भ्रष्टाचारको ह्वास्सै गन्ध आएको छ ।

सम्बन्धित सामग्री

बीपी प्रतिष्ठानमा बेथिति : मेडिकल उपकरण खरिदमा २८ गुणासम्म बढी भुक्तानी

सरकारी संस्थामा भ्रष्टाचार हुन्छ भन्ने आम बुझाइ छ । तर, कुन हदसम्म ? धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकरण खरिदमा दुई–तीन गुणा होइन, २८ गुणासम्म बढी खर्च भएको पुष्टि भएको छ । मुटुसम्बन्धी समस्या भएका बिरामीको उपचारमा प्रयोग हुने ‘इन्ट्रा एओर्टिक बेलुन पम्प’ खरिदमा चरम भ्रष्टाचार भएको छ ।