नेकपा एमाले नेता भीम रावलले आफूलाई हराउन नसकिने निष्कर्ष निकालेपछि उम्मेदवारै बन्न रोकिएको बताएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले आफूलाई कुनैपनि हालतमा चुनाव हराउन नसकिने अवस्था भएपछि टिकट दिनबाट बञ्चित गरिएको बताएका हुन् । ‘मलाई कसरी रोक्न सकिन्छ भनेर छलफल गरेका सूचनाहरु आई नै रहेका थिए । मलाई हराउन सकिँदैन भन्ने भएपछि उम्मेदवारी रोकियो । मेरो उम्मेदवारी रोकिँदा जनता र कार्यकर्तामा उत्पन्न हुने प्रतिक्रियाका कारण सिफारिस नै नभएको व्यक्तिलाई उम्मेदवार बनाइयो’ रावलल