मुस्ताङ जान प्रधानमन्त्री प्रचण्डकाे रातारात स्वास्थ्य परीक्षण

स्रोतले भन्याे, 'हिजो स्वास्थ्यमा समस्या आएर होइन । नियमित र मुस्ताङ जानुपर्ने भएर स्वास्थ्य परीक्षण गरिएकाे हो ।'

सम्बन्धित सामग्री

मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण - Nepal Japan

मुस्ताङ भित्रने पर्यटक र तीर्थयात्रीको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । गण्डकी प्रदेश प्रहरी अस्पत

मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण

मुस्ताङ । मुस्ताङ भित्रने पर्यटक र तीर्थयात्रीको स्वास्थ्य परीक्षण गर्न थालिएको छ। गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराले जिल्ला प्रहरी कार्यालय मुस्ताङसँग समन्वय गरेर घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक प्रहरी चेकपोष्ट परिसरमा आइतबार शिविर स्थापना गरेर स्वास्थ्य परीक्षण गर्न थालेको हो। प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले तीर्थयात्रा, भ्रमण, पदयात्रा र अवलोकनका लागि मुस्ताङ आउने आन्तरिक तथा बाह्य […]

मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण

मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण गर्न थालिएको छ ।

मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण

मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण गर्न थालिएको छ ।

मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण

मुस्ताङ भित्रने पर्यटक र तीर्थयात्रीको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराले जिल्ला प्रहरी कार्यालय मुस्ताङसँग समन्वय गरेर घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक प्रहरी चोक पोष्ट परिसरमा आइतबार शिविर स्थापना गरेर स्वास्थ्य परीक्षण गर्न थालेको हो ।

च्यांग्रा विक्रीबाट मुस्ताङमा भित्रियो ३५ करोड

म्याग्दी । मुस्ताङबाट यसपालिको दशैं, तिहारमा ३५ करोड मूल्य बराबरको च्यांग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले १० हजार च्यांग्रा बेचेका कृषकले ३५ करोड रुपैयाँ भित्र्याएका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले बताएको छ । केन्द्रका प्रमुख दण्डपाणि सापकोटाले दशैंमा ७ हजार र तिहारका लागि ३ हजार च्यांग्रा निकासी भएको जानकारी दिए । ‘स्वास्थ्य परिक्षण गरेर निकासी गरेका आधारमा करिब दश हजार च्यांग्रा बाहिरिएका छन्,’ उनले भने, ‘कृषकले गोठबाटै प्रतिगोटा ३५ हजारका दरले च्यांग्रा बेचेका छन् ।’  तिब्बतबाट भेडाच्यांग्रा नआएपछि विगतको तुलनामा झण्डै आधा संख्यामा भेडाच्यांग्रा निकासी भएको हो । अघिल्ला वर्षहरूमा २० देखि २५ हजारको संख्यामा भेडाच्यांग्रा निकासी हुँदै आएको थियो । निकासी भएका अधिकांश भेडाच्यांग्रा मुस्ताङकै हुन् । व्यापारीहरूले घटाएर विवरण दिने भएकाले अभिलेख राख्न समस्या भएको केन्द्रका प्रमुख शर्माले बताए । पशु चिकित्सकहरूबाट स्वास्थ्य परीक्षण गराउँदा प्रतिगोटा १५ शुल्क तिर्नुपर्ने हुन्छ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङले थासाङ गाउँपालिका, बंगुर जोन र धौलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकहरूसँग समन्वय गरेर भेडाच्यांग्राको स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाएको थियो । कार्यालयका अनुसार, यस वर्ष मुस्ताङबाट ठूलो संख्यामा च्यांग्रा र थोरै संख्यामा भेडा निकासी भएको छ । यो वर्ष तिब्बतबाट भेडाच्यांग्रा आयात नभएको र मुस्ताङका घुम्ती गोठ र खोरपालेहरूले उत्पादन गरेका भेडा च्यांग्राले माग नधान्ने भएपछि कृषक र बीचका व्यापारीहरूले मूल्य बढाएका छन् । गतवर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा ५ देखि १० हजारसम्म मूल्य बढेको व्यापारीहरूले बताएका छन् । जोमसोम पुगेर २ सय च्यांग्रा खरिद गरेका काठमाडौंका प्रदीप बस्नेतले अघिल्लो वर्षको तुलनामा प्रतिगोटा पाँचदेखि १० हजारसम्म बढी तिर्नुपरेको बताए । मुस्ताङका लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङ लगायतका स्थानका किसानले पालेका च्यांग्रा निकासी भएको हो । म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवललगायतका क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीले भेडाच्यांग्रा बजारमा ल्याएका थिए । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्यांग्राले विशेषगरी गरी लेकाली जडीबुटी खाने भएकाले दशैं, तिहार जस्ता पर्वमा पोसिलो मासुको रूपमा माग बढी हुने गर्दछ । च्यांग्रालाई मासु खान योग्य बनाउन चार देखि पाँच वर्षसम्म पाल्नुपर्छ । मुस्ताङमा च्यांग्रापालनको प्रवर्द्धन गर्न प्रदेश सरकारले स्रोत केन्द्र र फार्म स्थापनाका लागि अनुदानको व्यवस्था मिलाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रका प्रमुख शर्माले बताए । रासस

मुस्ताङबाट करीब १२ हजार भेडा–च्याङ्ग्रा निकासी

असोज २२, मुस्ताङ । दशैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करीब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएका छन् ।  तिब्बतबाट भेडाच्याङ्गा नआएपछि विगतको तुलनामा झण्डै आधाको संख्यामा भेडाच्याङ्ग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० देखि २५ हजारको संख्यामा भेँडाच्याङ्ग्रा निकासी हुँदै आएका थिए । निकासी भएका सबै भेडाच्याङ्ग्रा मुस्ताङमै उत्पादन भएको र करीब १२ हजारको हाराहारीमा जिल्लाबाट निकासी भएको पाइएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका अधिकृत ऋषिराम पोखरेलले जानकारी दिए । ‘स्वास्थ्य परीक्षणमा जम्मा तीन हजार ५६० पुगेको छ, व्यापारीले संख्या घटाएर टिपाएको भए पनि जिल्लाको नाकाबाट बाहिरिएको रिपोर्टमा १२ हजारको संख्यामा भेडाच्याङ्ग्रा निकासी भएका छन्’, उनले भने । पशु चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउँदा प्रतिगोटा रू. १५ शुल्क तिर्नुपर्ने भएकाले समेत व्यापारीले आधाको मात्रै संख्या टिपाउने गरेको पाइएको छ । भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले थासाङ गाउँपालिका, बङ्गुर जोन र धवलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकसँग समन्वय गरेर भेडाच्याङ्गाको स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाएको थियो । कार्यालयका अनुसार यस वर्ष मुस्ताङबाट ठूलो सङ्ख्यामा च्याङ्ग्रा र थोरै संख्यामा भेडा निकासी भएका छन् । यस वर्ष तिब्बतबाट भेडाच्याङ्ग्रा आयात नभएका र मुस्ताङका घुम्ती गोठ तथा खोरपालेले उत्पादन गरेका भेडाच्याङ्ग्राले माग नधान्ने भएपछि कृषक र बीचका व्यापारीले मूल्य बढाएका छन् ।  गत वर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा रू. पाँचदेखि १० हजारसम्म मूल्य बढेको व्यापारीले बताएका छन् । जोमसोम पुगेर २०० च्याङ्ग्रा खरीद गरी ल्याएका सिन्धुपाल्चोकका अमरबहादुर ठकुरीले अघिल्लो वर्षको तुलनामा प्रतिगोटा रू. पाँचदेखि ११ हजारसम्म मूल्य बढी तिर्नुपरेको बताए । ‘अघिल्लो वर्ष प्रतिगोटा रू. २५ हजारसम्ममा खरीद गथ्र्यौँ, यस वर्ष रू. ३५ हजारसम्म परेको छ, पोखरासम्म पु¥याएर विक्री गर्दा रू. ४० हजारसम्ममा बिक्री गर्ने हो’, ठकुरीले भने । यस वर्ष डोल्पाबाट आएका चार हजार र बाँकी आठ हजार भेडाच्याङ्ग्रा मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङलगायत स्थानका किसानले पालेका भेडाच्याङग्रा बजारमा भित्र्याइएको छ । म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवललगायत क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीले भेडाच्याङ्ग्रा बजारमा ल्याइसकेका छन् । बजारमा रोजा भेडाच्याङ्ग्रालाई रू. ४५ हजारसम्म पर्ने गरेको छ । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विषेश गरी लेकाली जडीबुटी खाने भएकाले दशैँ–तिहारजस्ता पर्वमा पोसिलो मासुका रूपमा मुस्ताङका भेडा–च्याङ्ग्राको माग बढी हुने गर्दछ । रासस

तनहुँमा सुरक्षाकर्मी पिपीइ बिनै चेकजाँचमा

तनहुँमा सुरक्षाकर्मी पिपीइ बिनै चेकजाँचमा अमरराज नहर्की तनहुँ, चैत्र २५ गते । तनहुँमा सुरक्षाकर्मीहरु पिपीइ बिनै सुरक्षा चेकजाँचमा खटिएका छन् । पिपीई विना खटिनु पर्दा कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुने त्रास उनिहरुमा छ । पिपिई प्राप्त हुन नसक्दा जोखिम लिएर काममा खटिनु पर्ने अवस्था रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिनुभयो । काममा खटिने ५० जना सुरक्षाकर्मीलाई तत्कालै पिपिई आवश्यक परेको अधिकारी बताउनुहुन्छ । तनहुँको कोत्रेमा सुरक्षा चेक जाँच गरिरहेका कास्कीका प्रहरीलाई भने पिपिए पाए पनि तनहुँका प्रहरीले भने पाएका छैनन् । एकै ठाउँमा खटिएका सुरक्षाकर्मीहरुमा समेत भेदभाव भएको काममा खटिएका प्रहरीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) विनोद सिलवाल प्रहरी प्रधान कार्यालयले उपलब्ध नगराएको र कुनै सङ्घ संस्थाले नदिएकोले पिपिई बिना काम गर्न बाध्य भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले पनि पिपीइ खरिदका लागि प्रदेश सरकार र विभिन्न निकायसँग पहल भइरहेको बताउनुभयो । कोत्रे हेल्प डेस्कमै रहेका खैरेनीटार हेल्थपोष्टकी अनमी लक्ष्मीकला पण्डितले पनि निकै रिस्क मोलेर काम गर्नुपरेको बताउनुभयो । त्यही खटिएकी अहेब ममता थापाले समेत एउटा राम्रो मास्क समेत नपाएको गुनासो गर्नुभयो । उनीहरुले सिमानामा रहेको सो हेल्प डेस्कमा एउटा थर्मल गनको समेत व्यवस्था नहुँदा ज्वरो नाप्न अनमी लक्ष्मीकलाले बताउनभयो । गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीको पुलजिपमा खटिएका स्वास्थ्यकर्मीहरु पिपीइ बिनै यात्रुहरुको स्वास्थ्य परीक्षण गर्न बाध्य भएका छन् । त्यहाँ रहेका स्वास्थ्यकर्मीहरुले पिपीइ बिनै सिमानामा आउने यात्रुहरुको स्वास्थ्य परीक्षण गर्न बाध्य भएका हुन । आँबुखैरेनी स्वास्थ्य चौकीबाट खटिएका २ जना स्वास्थ्यकर्मी दैनिक रुपमा आलोपालो गरी यात्रुहरुको थर्मल गनले ज्वरो नाप्ने देखि स्वास्थ्य परीक्षण गर्ने कार्य समेत गरिरहेका छन् । पिपीइ बिनै यात्रुको स्वास्थ्य जाँच गर्दा जोखिम रहेको हेल्थ असिस्टेन्ट शर्मिला गुरुङले बताउनुभयो । मास्कको भरमा आफुहरुले काम गरिरहेको शर्मिलाले गुनासो गर्नुभयो । चितवनको मुग्लिनबाट तनहुँ हुँदै गण्डकी प्रदेशको लमजुङ, गोरखा, कास्की, मनाङ, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ, स्याङ्जा जाने उक्त ठाउँमा सुरक्षित सामग्रीको अभाव रहेको स्वास्थ्यकर्मीले बताए । त्यही खटिने सुरक्षाकर्मीले समेत एउटा मास्क बाहेक केही पाएका छैनन् । भारत लगायत धेरै मुलुकबाट गण्डकी प्रदेश प्रवेश गर्ने उक्त ठाउँमा सुरक्षाकर्मीले पनि जोखिम मोलेरै चेकजाँच गर्नु परेको बताउनुभयो । निरन्तर जोखिम लिएर काम गरिरहेका छौं तर जोखिमबाट बच्ने सामग्री हामीसँग छैन ड्युटीमा खटिएका एक प्रहरीले भन्नुभयो । आँबुखैरेनी गाउँपालिकाले इलाका प्रहरी कार्यालयसँग समन्वय गरी सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली राखेर हेल्थ डेस्क संचालनमा ल्याएको छ । हेल्थ डेस्कमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको सुरक्षाको लागि आवश्यक सामग्री तत्काल उपलब्ध गराउनु पर्ने आवाज नागरिक स्तरबाट उठिरहेको छ । सो हेल्थ डेस्कमा मुग्लिन पट्टी चितवन प्रहरी र तनहुँ पट्टी २ स्वास्थ्यकर्मी सहित ४ जना जनपथ प्रहरी, १ ट्राफिक प्रहरी, २ नेपाली सेना र २ जना सशस्त्र प्रहरी खटिएका छन् ।