काठमाडौं, २९ चैत। कुल विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशतले वृद्धि भई २०७९ फागुन मसान्तमा १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। २०७९ असार मसान्तमा यस्तो सञ्चिति १२ खर्ब १५ अर्ब ८०करोड बराबर रहेको थियो। बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १०.९महिनाको वस्तु आयात र ९.४महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।