कञ्चनपुरको कृष्णपुर नगरपालिका—२ बाणीका कर्णबहादुर धामी १२ वर्षकै उमेरमा भारत पसे । घरघरेडीका लागि मात्रै जमिन भएका उनले भारतमै ज्यालामजदुरी गरेर परिवारको गुजारा चलाए । झन्डै ३० वर्ष भारतमा बिताएका उनी अहिले घरमै कुखुरा पालन व्यवसायमा संलग्न छन् । दिल्लीमा दिनभरि ज्यालादारी गरेर कमाइने मासिक ८/१० हजार अहिले उनी घरमै कमाइरहेका छन् ।