डडेल्धुरा : डडेल्धुरा अस्पतालमा जेठ १९ गते (बिहीबार) भागेश्वर गाउँपालिका–५ सिराडकी ५ वर्षीया बालिका यनुसा थापा मगरको मृत्यु प्रकरणमा एकोहोरो छानविन प्रतिवेदन सार्वजनिक गरिएको छ।मृतक बालिकाका आफन्तले डाक्टरको चरम लापरबाहीले थापा मगरको मृत्यु भएको भन्दै आपत्ति जनाएपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेको सर्वपक्षिय बैठकले ७२ घण्टा भित्र छानविन गरि दोषीलाई कारबाही गर्न अस्पतालका निमित्त मेसु डा. चेतराज भट्टलाई निर्देशन दिएको थियो।तर, एक सातापछि सार्वजनिक गरिएको प्रतिवेदनमा मेसु भट्