सिलिण्डर फिर्ता हुन छाडे, प्लान्टमा काम रोकियो, फेरि समस्या हुनसक्ने

अक्सिजन ग्याँस उद्योगबाट लगेका सिलिण्डर अस्पताल, संघसस्था र व्यक्तिले समयमा फिर्ता नपठाउँदा ग्याँस उद्योगको प्लान्ट नै बन्द हुने अवस्थामा पुुग्ने गरेको पाइएको छ । सिलिण्डर ग्याँस रोटेशन अनुसार नआउँदा ग्याँस प्लान्ट नै बन्द गरेर बस्नु पर्ने अवस्था आएको ग्याँस उद्योगीहरुले बताएका छन् । शंकर अक्सिजन ग्याँसका प्रवन्ध निर्देशक शम्भु भण्डारी उद्योगका सिलिण्डर बजारमा गएका रोटेशनमा नआएकोले हिजो केही समय आफनो प्लान्ट बन्द गरेको बताउनुहुन्छ ।

सम्बन्धित सामग्री

ग्यास लुकाउने २ व्यवसायीले तिर्नुपर्यो ४० हजार जरिवाना

वैशाख १२, काठमाडौं । ग्यास लुकाएर कृत्रिम अभाव गर्ने व्यावसायीलाई सरकारले कारवाही गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृत्रिम अभाव गर्ने दुई व्यावसायीलाई कारवाही गरेको हो । विभागका सहायक सूचना अधिकारी धनेश्वर पौडेलले ललितपुरको शंखमुलमा रहेको राजु स्टोर र प्रयागपोखरीमा रहेको एस एण्ड जेएस स्टोरलाई कारवाही गरिएको जानकारी दिए । दुइटै स्टोरले उपभोक्तालाई ग्यास नभएको बताएर लुकाएर राखेको पाइएपछि कारवाही गरिएको पौडेलले बताए । ‘राजु स्टोरले १० सिलिण्डर र एस एण्ड जेएस स्टोरले १५ सिलिण्डर ग्यास लुकाएर राखेको पाइएपछि कारवाही गरिएको  हो’ पौडेलले भने, ‘दुवै स्टोरलाई कारवाही स्वरुप २०/२० हजार रुपैयाँ जरिवाना गरिएको हो ।’ दुवै स्टोरलले उपभोक्ता संरक्षण ऐन २०७५ विपरित काम गरेको कसुरमा कारवाही गरिएको पौडेलको भनाइ छ । गत चैत ६ गते देखि पेट्रोलियम व्यावसायी, ढुवानी व्यवसायी तथा ग्यास व्यवसायीले गरेको आन्दोलनको बाहाना पारेर व्यवसायीले कृत्रिम अभाव गरिरहेका छन् । पछिल्लो समय व्यावसायीले आन्दोलन फिर्ता लिएका छन् । नेपाल आयल निगमले ग्यास आपूर्ति कोटा बढाएको छ । तर, उपभोक्ताले ग्यास पाउन निकै सास्ती खेप्नु परेको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको समेत मूल्य निरन्तर बढ्दो रहेकाले नेपालमा ग्यासको मूल्य बढाउने लोभमा व्यावसायीले ग्यास लुकाएर राख्न थालेका हुन् । विभागले पछिल्लो समय ग्यास केन्द्रित अनुगमन बढाएको जानकारी दिँदै आगामी दिनमा पनि अनुगमन जारी रहने बताएको छ ।

जलविद्युत् कम्पनीबाट ८३० अक्सिजन सिलिण्डर सहयोग

काठमाडौं । कोरोना संक्रमितको उपचारमा अक्सिजन सिलिन्डरको अभावलाई दृष्टिगत गर्दै निजीक्षेत्रका जलविद्युत् कम्पनीले सरकारलाई ८३० ओटा अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । प्रवर्द्धक कम्पनीहरूले तत्कालीन प्रयोगका लागि विभिन्न स्वास्थ्य चौकी तथा जिल्ला प्रशासन कार्यालयलाई अक्सिजन सिलिण्डर प्रदान गरेका हुन् । निर्माणका चरणमा रहेका ३० जलविद्युत् आयोजनाले सरकारलाई उक्त संख्यामा सिलिण्डर प्रदान सहयोग गरेको विद्युत् विकास विभागबाट प्राप्त तथ्यांकले देखाएको छ । यस्तै, निर्माण सम्पन्न भएका आयोजनाले पनि २० सिलिन्डर प्रदान गरेको तथ्यांक छ । नेपालमा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूसँग १०८८ ओटा अक्सिजन सिलिन्डर छन् । सो संख्यामा सहयोगपछि पनि ती आयोजनासँग अझै २५८ ओटा सिलिन्डर बाँकी छन् । नेपालमा कोरोनाको दोस्रो लहर शुरू भएसँगै संक्रमितको उपचारमा अक्सिजन र अक्सिजन सिलिन्डरको अभाव भएको थियो । त्यसपछि विद्युत् विकास विभागले जलविद्युत् आयोजनाहरूलाई अक्सिजन सिलिन्डर दिएर सहयोग गर्न आग्रह गरेको थियो । सोहीअनुसार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को नेतृत्वमा विभिन्न आयोजनाले सरकारलाई सिलिन्डर दिएका हुन् । कोरोना कहर सकिएपछि सरकारले उक्त सिलिन्डर प्रवर्द्धक कम्पनीहरूलाई नै फिर्ता गर्ने बताइएको छ । आयोजनाहरूको निर्माणका क्रममा वेल्डिङको काम गर्न अक्सिजन आवश्यक पर्छ । यसका लागि अहिले नयाँ प्रविधि आइसके पनि अधिकांश आयोजनाले अझै अक्सिजन आवश्यक पर्ने प्रविधिको प्रयोग गर्दै आएका छन् । विभागका महानिर्देशक नवीनराज सिंहले विद्युत् प्रवद्र्धक कम्पनीबाट उक्त परिमाणमा अक्सिजन सिलिन्डर प्राप्त भएको बताए । ‘कोरोना संक्रमितको उपचारमा अक्सिजन सिलिण्डरको अभाव भएपछि सघाउन जलविद्युत् आयोजनालाई आग्रह गरेका थियौं । त्यसपछि प्रवद्र्धक कम्पनीहरूबाट सिलिन्डर प्राप्त भएको हो,’ उनले भने, ‘अब कोरोना कहर समाप्त भएपछि फिर्ता गर्नेछौं ।’ इप्पान अध्यक्ष कृष्णप्रसाद आचार्यले सरकारलाई आवश्यक परे अझै पनि अक्सिजन सिलिण्डर दिइने बताए । ‘हामीले पहिले नै आयोजनाहरूमा भएका सबै सिलिण्डर प्रयोग गर्न दिने निर्णय गरेका छौं । हामीसँग अझै पनि अक्सिजन सिलिण्डर बाँकी छन्,’ उनले भने, ‘अहिले सिलिन्डरको अभाव छैन । आवश्यक परेमा दिन पछि हट्दैनौं ।’ कोरोना संक्रमितको उपचारमा अक्सिजन अभाव भएपछि इप्पान आफैले पनि अक्सिजन प्लान्ट बनाएर सरकारलाई दिने निर्णय गरेको थियो । तर, अहिले अक्सिजन अभावको समस्या समाधान हुँदै गएपछि यस विषयमा पुनर्विचार गर्न सकिने अध्यक्ष आचार्यको भनाइ छ । ‘अहिले अक्सिजनको समस्या त्यति देखिँदैन । विभिन्न मुलुकबाट पनि यसमा सहयोग भयो । हामीले अक्सिजन प्लान्ट बनाएर दिँदा ढिला होला,’ उनले भने, ‘त्यसैले यसका लागि उठेको पैसाले अन्य कुनै सहयोग गर्ने विषयमा छलफल गरिरहेका छौं ।’ अक्सिजन प्लान्ट बनाउन इप्पानले विभिन्न प्रवद्र्धक कम्पनीबाट डेढ करोड रुपैयाँभन्दा बढी जम्मा गरिसकेको छ ।

अक्सिजन सिलिण्डर जम्मा गर्दै उद्योग संघ चितवन

वैशाख २५, चितवन । उद्योग संघ चितवनले जिल्लामा रहेका उद्योगहरुमा प्रयोग गरिएका अक्सिजन सिलिण्डर संघमा जम्मा गरिदिन अनुरोध गरेको छ । कोभिड संक्रमणसँगै सिलिण्डर अभाव हुने देखिएपछि संघले जम्मा गर्न थालेको हो । संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालका अनुसार बिहीवारदेखि अक्सिजन ग्यास प्रयोग गर्ने उद्योगमा टेलिफोन गरेर सिलिण्डर संघमा पठाइदिन अनुरोध गरिएको हो । उनका अनुसार धातुको काम गर्ने उद्योगमा अक्सिजन ग्यास प्रयोग हुने गर्दछ । जिल्लाका ४० ओटाभन्दा बढी उद्योगमा अक्सिजन ग्यास प्रयोग हुने गरेको उनको भनाइ छ । ती उद्योगबाट ५० ओटाभन्दा बढी सिलिण्डर संकलन हुने अपेक्षा गरिएको छ ।            संघका अध्यक्ष राजु पौडेलले जिल्ला प्रशासन कार्यालय चितवन र उद्योग परिसङ्घको आग्रहपछि उद्योगीसँग रहेका सिलिण्डर संकलन गर्न लागिएको बताए । कतिपय सिलिण्डर उद्योगबाटै अत्यावश्यक ठाउँमा पठाउने विषयमा पनि छलफल भइरहेको छ । उनका अनुसार सिलिण्डर सङ्कलन भएपछि अक्सिजन भरेर उपचारका लागि अत्यावश्यक ठाउँमा पठाइने छ । अक्सिजनको माग घट्दै गएपछि फिर्ता मागेर सम्बन्धित उद्योगमा पठाइने उनले जानकारी दिए । रासस