काठमाडौँ । गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटे स्थित फिरफिरेमा जन्ती बोकेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोमवार चितवनको जिरौनाबाट जन्ती बोकेर आएको बा १४ च ७८१ नम्वरको जिप रोकिराखेको अवस्थामा एक्कासि गुडेर दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१६ का पदम न्यौपाने, गोरखाको बारपाक सुलिकोट गाउँपालिका, चनौटेका देवीप्रसाद पोखरेल […]