काठमाडाैं : ३७ वर्षपछि नेपालले घरेलु भूमिमा फुटबलको उपाधि जितेको छ।सोमबार थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेसँगै नेपालले सन् १९८४ पछि पहिलो पटक आफ्नै भूमिमा उपाधि उचाल्न सक्यो।त्यत्ति बेला पनि नेपालले बंगलादेशलाई नै हराएको थियो। दक्षिण एसियाली खेलकुद प्रतियोगिताको फुटबलतर्फ नेपालले बंगलादेशलाई नै हराएर स्वर्ण पदक जितेको हो।आठौं सागपछि सन् २००४ बाट मात्र २३ वर्ष मुनिको टोलीले साग खेलकुदमा फुटबलतर्फ सहभागिता जनाउने नियम आएको हो। यसअघि सिनियर टोलीले नै खेल्ने गर्थ्यो।सन् १९