कोरोना भाइरस संक्रमणको जोखिम अझै उच्च नै रहेकाले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरिएको छ। शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन जारी राख्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो । बैठकपछि प्रवक्ता सुनिता नेपालले कोरोना संक्रमण तीव्र फैलिरहेकाले भौतिक उपस्थितिमा विद्यालय …