काठमाडौं । नेकपा(माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अझैपनि कम्युनिष्ट पार्टीहरू बीचको एकता आवश्यक रहेको बताएका छन् । सोमबार नेता श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि कम्युनिष्ट पार्टीहरूको एकता आवश्यक रहेको बताएका हुन् । विगतमा नेकपा(एमाले) र नेकपा(माओवादी) केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधिनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने र समाजवाद स्थापन