मकवानपुर प्रतिनिधिसभा क्षेत्र–२ मा भइरहेको चुनावी प्रतिस्पर्धाको चर्चा देशभर नै छ । कारण हो, चारपटकका विजेता विरोध खतिवडा एमालेका युवा उम्मेदवार तथा विद्यार्थी नेता महेश बर्तौलासँग प्रतिस्पर्धा गर्दैछन् । एमाले वाग्मती प्रदेश कमिटीको उपसचिव रहेका बर्तौलाको यो संसदीय निर्वाचन पहिलो अनुभव हो ।