दाङ : तुलसीपुरमा ( आज) आइतबारदेखि सञ्चालन हुन लागेको प्रथम लुम्बिनी प्रदेशस्तरीय महोत्सवको विरोधमा व्यवसायीहरू हातमा कालो झण्डा बोकेर विरोधमा उत्रिएका छन्। गएको मंसिर १५ गते लाग्ने भनिएको मेला व्यवसायीहरूको विरोधका कारण केही दिन स्थगित भइ पुनः आजदेखि सञ्चालन हुँदैछ। मेलाको विरोध भएपछि दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको पहलमा तुलसीपुर उद्योग वाणिज्य संघ, मेला आयोजक युथ्स अफ तुलसीपुर र तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्कालगायतको सर्वपक्षिय बैठकले मेला सञ्चालनका लागि ४