मकवानपुरको चितलाङमा रहेको बाख्रा फार्ममा ७८ वर्षपछि बल्ल पानीको समस्या हटेको छ । २००१ सालमा तत्कालीन सरकारले मकवानपुरको उत्तरी क्षेत्र चित्लाङमा भेँडा फार्म (हाल बाख्रा विकास फार्म) खोलेको हो ।मुलुकमा व्यावसायिक रुपमा भेँडा पालन पालनका लागि उक्त फार्मलाई विकास गर्ने योजना रहे पनि सरकारले व्यवस्थापकीय पक्षमा ध्यान नदिँदा ७८ वर्षदेखि सो फार्ममा पानीको अभाव थियो । फार्म खुलेको ७८ वर्षपछि बल्ल पानीको समस्या हल भएको छ । हाल भेँडा, बाख्रा र खरायो पालन गर्दै आइरहेको उक्त सरकारी फार्ममा डिप बोरिङमार्फत्