काठमाण्डौ - राष्ट्रिय गौरवको काठमाण्डौ-तराई मधेश द्रुतमार्ग अर्थात् फाष्ट ट्रयाक नेपाली सेनाले निर्माण गरिरहेको छ ।
७२ दशमलव पाँच किलोमिटर लामो यो द्रुतमार्ग ललितपुरको खोकनाबाट सुरु भएर बाराको निजगढसम्म पुग्छ । नेपालमा अहिलेसम्म यस्तो खालको कुनै पनि सडक बनेको छैन, यस्ता सडकको अनुभव नेपालसँग छैन ।
२०७४ सालको वैशाख २१ गते सरकारले यो द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि आर्थिक वर्ष २०७४/७५ देखि सेनाले काम गरिरहेको छ । तर तोकिएको समयमा काम सुरु नहुँदा र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) २०७६ सालमा मात्रै...