काठमाडौंको शंखरापुर नगरपालिकामा अबदेखि निरन्तर फोहोर संकलन तथा व्यवस्थापन हुने भएको छ । शुक्रबार नगरपालिकामा भएको छलफलमा नगरप्रमुख रमेश नापितले फोहर व्यवस्थापनको जिम्मा लिएको कम्पनी ‘ब्यु वेस्ट टु भ्यालु’का प्रतिनिधिलाई नियमित फोहोर संकलन र व्यवस्थापन गर्न निर्देशन दिएका छन् । अन्यथा कम्पनीसँग गरिएको सम्झौता खारेज गर्ने चेतावनी दिएका छन् । नगरपालिकाले ब्यु वेस्ट टु भ्यालुको संकलन केन्द्रमा करिब ६ महिनादेखि थुप्रेको करिब १०० ट्रिपर फोहरमध्ये नगरपालिकाको ३८ ट्रिपर फोहर उठाउन सहयोग