काठमाण्डाै – शेयर बजार बजार परिसूचक नेप्से आज साेमवार पनि बढेको छ । हिजो आइतवार ६० अङ्कले बढेको नेप्से आज ३२ दशमलव शून्य तीन अङ्कले बढेर दुई हजार ६ सय १६ दशमलव ९४ विन्दुमा पुगेको छ ।
आज उत्पादनबाहेक सबैजसो समूहको शेयर बढेको छ । माइक्रोफाइनान्स समूहको शेयर एक सय ४५ अङ्कले, जीवन बीमा समूहको ९३ अङ्कले, निर्जीवन बीमा समूहको ६१ र विकास बैंक समूहको शेयर ७३ अङ्कले बढेको छ ।
आज दुई सय ३० कम्पनीका ८२ लाख पाँच हजार कित्ता शेयर चार अर्ब ५३ करोड ३० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डि...