म्याग्दीको ताकमकोतमा धार्मिक पर्यटक बढे

म्याग्दी । पूर्वाधार निर्माणसँगै धवलागिरि गाउँपालिका–७ स्थित ताकमकोतमा धार्मिक पर्यटक बढेका छन् । यहाँको प्रमुख शक्तिपीठ मानिने ताकमकोतमा दर्शन र अवलोकनका लागि आउने धार्मिक पर्यटक बढेको ताकमकोतका पुजारी हेमनाथ पौडेलले बताए । ‘दुई वर्षअघिसम्म सुनसान हुने गर्दथ्यो,’ उनले भने, ‘अहिले दैनिकजसो दर्शनार्थी आउँछन् ।’ नजिकका भक्तजन सडकमार्ग भएर गाडीमार्फत र टाढाका हेलिकोप्टर चढेर आउन थालेको उनले बताए । जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी–देवताको मूर्ति रहेको यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ ।     ताकम र देवीस्थान हुँदै कोत परिसरमा पुग्ने दुई सडक निर्माण भएका छन् । सडकबाट कोतसम्म पुग्ने पैदलमार्ग निर्माण गरिएको छ । १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोतघरका रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महŒवका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायत हातहतियार छन् । समुद्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धवलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृंखलाका साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्याेदयको दृश्यावलोकन गर्न सकिन्छ । स्वदेश तथा विदेशमा रहेका ताकम र आसपासका गाउँका बासिन्दाबाट चन्दा जुटाएर करीब ८० लाखमा दुई वर्षअघि ताकमकोतको कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनर्निर्माण गरिएको थियो । सोह्रौँ शताब्दीमा निर्माण गएिको ताकमकोत १९९० र २०७२ सालको भूकम्पका कारण जीर्ण बनेको थियो । ताकमकोतको एकीकृत विकास गर्ने उद्देश्यले तयार पारिएको गुरुयोजनानुसार पहिलो चरणमा कोतघर, अन्नपूर्ण–जगन्नाथ मन्दिर, सत्तल र सार्वजनिक शौचालय निर्माण गरिएको पुनर्निर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले बताए । दुई करोड ५० लाख लागत अनुमान गरिएको गुरुयोजना कार्यान्वयनका क्रममा हालसम्म एक करोड ५० लाखभन्दा बढी खर्च भएको जानकारी उनले दिए । यसमा धवलागिरि गाउँपालिका र पर्यटन मन्त्रालयले पनि लगानी गरेको उनले बताए । रासस  

सम्बन्धित सामग्री

लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्ने धार्मिक पर्यटक बढे

सिमकोट- नेपाली भूमी लाप्चाबाट मानसरोर कैलाशको दूरदर्शन गर्ने बाह्य र आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको पाइएको छ। सिमकोटबाट लाप्चासम्म कच्ची सडक जोडिएपछि पर्यटकहरूको सङ्ख्या वृद्धि भएको हो। नाम्खा गाउँपालिका- ६ को हिमालपारीको गाउँ लिमीका वडा अध्यक्ष पाल्जाेर तामाङले यस वर्ष हालसम्मकै बढी पर्यटकहरूले लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गरेको बताए। भदौ तेस्रो साताबाट कात्तिक महिनासम्म एक […]

गाई संरक्षण केन्द्रमा धार्मिक पर्यटक बढे

तनहुँको व्यास नगरपालिका–१० शिसुवा, भतेरीमा सञ्चालन गरिएको गाई संरक्षण केन्द्र धार्मिक पर्यटनका रुपमा विकास हुँदैगएको छ । पछिल्लो समय गौमाताको सेवामा धेरैको आकर्षण बढ्न थालेपछि धर्मिक पर्यटक बढ्न थालेका हुन् ।

जगन्नाथ मन्दिरमा धार्मिक पर्यटक बढे

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–५, गाजनेमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जगन्नाथ मन्दिरमा धार्मिक पर्यटक बढेका छन् । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसरमा भएको भगवान जगन्नाथको रथयात्रामा धार्मिक पर्यटकको भिड थियो । श्रावण शुक्ल द्वादशीमा रथयात्राको कार्यक्रम आयोजना गरी भगवान जगन्नाथ कपडा फेरेर दर्शन गर्ने र […]

केबलकार सञ्चालनमा आएसँगै मौलाकालिका पुग्ने धार्मिक पर्यटक बढे

यसअघि गैँडाकोट तथा नारायणगढ आउँदा टाढैबाट मन्दिर दर्शन गरेर जाने ६१ वर्षीया लक्ष्मी उपाध्याय गत सोमबार मौलाकालिका मन्दिरमा पूजा गर्न पुग्नुभएको थियो । नवलपुुर, जिल्लाको मध्यविन्दु–३ बाट आउनुभएकी उहाँले हामीसँगको कुराकानीमा १७ वर्षपछि आज मन्दिर पुगेको बताउनुभयो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिस्थल मौलाकालिका मन्दिरमा हिँडेर जानुपर्ने भएकाले आफू १७ वर्षसम्म मन्दिर दर्शनका लागि …

मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक बढे

२१ कात्तिक, काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । मुस्ताङको मुक्तिनाथमा घुमघामको सिजन बढेसँगै मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने धार्मिक पर्यटक तथा ट्रेकिङ गर्ने पर्यटकमा वृद्धि भएको मुक्तिनाथ विकास समितिले जनाएको हो । यतिबेला मुस्ताङ घुम्ने र मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने सिजन लागेसँगै आन्तरिक तथा विदेशी […]

मुस्ताङमा पर्यटक बढे, होटेल भरिए

काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । मुस्ताङको मुक्तिनाथमा घुमघामको सिजन बढेसँगै मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने धार्मिक पर्यटक तथा ट्रेकिङ गर्ने पर्यटकमा वृद्धि भएको मुक्तिनाथ विकास समितिले जनाएको हो ।  यतिबेला मुस्ताङ घुम्ने र मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने सिजन लागेसँगै आन्तरिक...

‘खयर भारानी’ माधार्मिक पर्यटक बढे

प्रख्यात शक्तिपीठको रुपमा चिनिएको खयर भारानीमा धार्मिक पर्यटक पछिल्लो समय बढेका छन् ।पाउद्वार गाउँको शिर (४,६३० मिटर) मा अवस्थित भारानीको दर्शनले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा बसेकी भारानी । खयरतालको दक्षिणपश्चिम किनारामा छ उनको थान । खयर भारानीको पूजा प्रत्येक वर्ष जनै पूर्णिमाका दिन भव्य रुपले गरिन्छ । भारानीसँग […]

मानसरोवर जाने धार्मिक पर्यटक बढे

सिमकोट : हुम्ला सदरमुकाम सिमकोटको बाटो भएर मानसरोवर कैलाश जाने धार्मिक पर्यटकको संख्या बढ्न थालेको छ। हरेक वर्ष वैशाखदेखि भदौसम्म हिन्दु धर्मालम्बीको आस्थाको केन्द्रका रुपमा मानिने कैलास मानसरोवर दर्श