मुस्ताङमा पर्यटक बढे, होटेल भरिए

काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । मुस्ताङको मुक्तिनाथमा घुमघामको सिजन बढेसँगै मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने धार्मिक पर्यटक तथा ट्रेकिङ गर्ने पर्यटकमा वृद्धि भएको मुक्तिनाथ विकास समितिले जनाएको हो ।  यतिबेला मुस्ताङ घुम्ने र मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने सिजन लागेसँगै आन्तरिक...

सम्बन्धित सामग्री

होटेल अकुपेन्सी ३५% सम्म पुग्यो

काठमाडौं । कोरोना भाइरसका कारण  प्रभावित भएको होटेल क्षेत्रको व्यवसाय सुधारोन्मुख देखिन थालेको छ । उपत्यकाका साथै बाहिरका पर्यटकीय गन्तव्यहरूका होटेलहरूको अकुपेन्सीमा सुधार देखिन थालेको हो । कोरोनाबाट थलिएको होटेल क्षेत्रको व्यवसाय क्रमिक सुधार भइरहेको होटेल व्यवसायीहरूले बताएका छन् । कोरोना तथा ओमिक्रोनको समयमा सरदर ५ प्रतिशतमा झरेको होटेल अकुपेन्सी अहिले ३५ प्रतिशतसम्म पुगेको छ । होटेल एशोसिएशन नेपाल (हान) की अध्यक्ष तथा अन्नपूर्ण होटेलकी कार्यकारी निर्देशक सिर्जना राणाले विगतको तुलनामा सुधार देखिएको बताइन् । अहिले आन्तरिक पर्यटक र भारतीय पर्यटकका कारण होटेल क्षेत्र चलायमान बनेको उनको भनाइ छ । ‘युक्रेन–रसिया युद्धका कारण यूरोपेली पर्यटक आगमनमा असहज अवस्था देखिएको छ,’ राणाले भनिन्, ‘त्यस कारण पनि नेपालले आन्तरिक र नजिकका पर्यटकीय बजारलाई लक्षित गरेर रणनीति बनाउनुपर्छ ।’ नेपालले गन्तव्य पहिचान र त्यसको मार्केटिङलाई बढी प्राथमिकतामा राख्नुपर्ने उनले बताइन् । अहिले भारतीय पर्यटक नै बढी आएकाले सीमावर्ती क्षेत्रमा नमस्ते डेक्स स्थापना गरेर उनीहरूलाई राम्रो वातावरण दिन तालीम आवश्यक रहेको राणाले बताइन् । काठमाडौं प्रिन्स होटेलका कार्यकारी निर्देशक तथा हानका महासचिव साजन शाक्यले औसतमा होटेलहरूको अकुपेन्सी बढेको जानकारी दिए । सन् २०२१ को अन्तिम महीना र सन् २०२२ को शुरू महीना जनवरीको तुलनामा फेब्रुअरी र मार्चकै यो अवधिसम्ममा होटेलहरूको व्यवसायमा सुधार देखिएको उनले बताए । ‘मार्च र अप्रिल पनि पर्यटकीय सिजन हुन्,’ शाक्यले भने, ‘यो सिजनमा ट्रेकिङका लागि आउने पर्यटकको संख्या बढ्दो क्रममा रहेकाले होटलहरूको व्यवसायमा सुधार हुने देखिन्छ, यद्यपि जति पर्यटक आउने हो, त्यो संख्यामा भने आएका छैनन् ।’ अप्रिलका लागि पनि बुकिङ भएको र यसका लागि पर्यटकबाट चासो आएको उनको भनाइ छ । यसैगरी हानको पोखरा च्याप्टरका अध्यक्ष विकल तुलाचन्दले ‘नाइट स्टे’ घट्दा अकुपेन्सीमा उल्लेख्य सुधार हुन नसके पनि पर्यटकीय गतिविधिहरू बढेको बताए । केही मात्रामा विदेशी पर्यटक बढे पनि आन्तरिक पर्यटकको उपस्थिति भने उल्लेख्य रहेको उनले बताए । अहिले यूरोपेली देशका पर्यटकको संख्या निकै कम रहेको उनले बताए । उनका अनुसार पोखराका होटेलहरूको अकुपेन्सी १० प्रतिशत रहेको भए पनि पर्यटक आगमन सुधारोन्मुख देखिएको छ । पोखरा आएर बागलुङ, मुक्तिनाथ तथा ट्रेकिङमा जानेको संख्या वृद्धि हुँदा सुधार देखिएको हो । रूपन्देहीको भैरहवा क्षेत्रमा भने भारतीय पर्यटकका कारण गतिविधि बढेको त्यहाँका व्यवसायी बताउँछन् । सिद्धार्थ होटेल एशोसिएशन नेपालका अध्यक्ष सीपी श्रेष्ठले भारतीय पर्यटकको आगमनमा देखिएको सुधार र विभिन्न प्रोजेक्ट वर्कका कारण आउने पर्यटकले यहाँका होटेलहरूको व्यवसायमा सुधार देखिएको बताए । अहिले होटेलहरूको अकुपेन्सी न्यूनतम २५ देखि ३० प्रतिशत रहेको भन्दै उनले अहिले होटेलहरूको खर्च धानिने अवस्था रहेको उल्लेख गरे । यसैगरी भारतका महाराष्ट्रलगायत राज्यबाट १५ प्रतिशतसम्म बुकिङ भइसकेको उनको भनाइ छ । कोरोनाकै अवधिभन्दा सन् २०२२ को फेब्रुअरीमा पर्यटक आगमनमा दोब्बरको वृद्धि छ । नेपाल पर्यटन बोर्डका अनुसार ३३ मुलुकबाट जनवरी र फेब्रुअरी गरी २ महीनामा कुल ३६ हजार ७४१ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

कोभिडसँगै चीनतर्फ ‘पर्यटन मार्केटिङ’ ठप्प

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखा परेको चीनतर्फ नेपालको पर्यटन मार्केटिङ अर्थात् प्रचारप्रसार र प्रर्वद्धनको काम विगत २ वर्षदेखि ठप्प भएको छ । भारतपछि नेपालमा चीनबाट आउने पर्यटकको संख्या उच्च भए पनि कोरोनाको शुरुवाती चरणदेखि नेपालका पर्यटन व्यवसायीहरूले उक्त देशमा नेपालको प्रचारप्रसार तथा मार्केटिङका कुनै पनि कार्य सञ्चालन गर्न पाएका छैनन् । सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तयारी हुँदै गर्दा यसको प्रचारप्रसार गर्न भन्दै नेपालका सरकारी अधिकारी तथा पर्यटन व्यवसायीसहितको टोली सन् २०१९ नोभेम्बरको पहिलो हप्ता चीनतर्फ गएको थियो । त्यसयता हालसम्म चीनतर्फ नेपालले कुनै पनि प्रचारप्रसारका कार्यक्रमहरू लैजान सकेको छैन । पर्यटन व्यवसायीहरूले कोरोना भाइरसका बीच अपनाइएका बन्दाबन्दी, निषेधाज्ञाजस्ता मापदण्डका कारण र चीनमै कडा नीति अपनाइँदा प्रचारप्रसारका लागि जान नसकेको बताए । होटेल एशोसिएशन नेपाल (हान)का महासचिव साजन शाक्यले सन् २०१९ को अन्तिममा भ्रमण वर्षको प्रचारप्रसारका लागि गएको भए पनि त्यसयता जान नसकिएको बताए । कोरोना भाइरस संक्रमणकै कारण ल्याइएका नीतिलाई पालना गर्दा त्यसतर्पm जान नसकेको भए पनि अबको बजार रणनीतिमा चीनतर्फ पनि प्रचारप्रसारलाई जोड दिन आवश्यक भएको बताए । ‘नेपाल पर्यटन तथ्यांक–२०२०’ सूचकांकमा सन् २०१९ मा नेपालमा भ्रमणमा आउने पर्यटकको संख्याको दोस्रो स्थानमा रहेको चीनलाई उछिन्दै सन् २०२० मा भने म्यानमार दोस्रो स्थानमा उक्लेको छ । सन् २०१६ देखियता चीनबाट आउने पर्यटकको संख्या हेर्दा क्रमशः बढेको देखिएको छ । तर, कोभिड देखिएको वर्ष सन् २०२० यता भने यो संख्या अत्यन्त न्यून भएको छ । सन् २०१९ मा झन्डै १ लाख ७० हजार पुगेको चिनियाँ पर्यटकको संख्या सन् २०२० मा १९ हजार आसपासमा रहेको छ, भने सन् २०२१ को नोभेम्बरसम्ममा आउँदा नेपालमा जम्मा ३ हजार २३९ जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०२१ म अन्य देशका पर्यटक बढे पनि चिनियाँ पर्यटक आगमनमा सुधार हुन भने सकेको छैन ।