भादगाउँ : बडादसैंको आठौं दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन्। नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो। महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ। सो समुदायमा कुछी भ्वयको विशेष महत्व छ।
कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२…