काठमाडौं। महान्यायाधिवक्ताको कार्यालयले नागरिकता सम्वन्धि अध्यादेशले कुनैपनि गैर नागरिकतालाई नागरिकता नदिने बताएको छ। आज पत्रकार सम्मेलन गर्दै कानुनले नै गैरनागरिकलाई नागरिकता नदिने सुनिश्चित गरेको बतायो । नेपाली आमाबाट जन्मिएर बाबु बेपत्ता भएर पहिचान नभइ लामो समय अनागरिक हुने र राज्यले विभेद गर्नु हुँदैन भनेर अध्ययादेश आएको बताएको छ। कार्यालयले यो संविधानकै कार्यान्वयन भएको स्पष्ट पारेको छ।