धनगढी–दिपायल द्रुतमार्ग (फास्टट्र्याक) निर्माणको प्रक्रिया सुरु भएको डेढ दशकपछि त्यसअन्तर्गत पर्ने धनगढी–स्याउले खण्डमा कालोपत्रे निर्माणको काम अघि बढेको छ । धनगढीको हसनपुर सामुदायिक प्रहरी सेवा केन्द्रदेखि पूर्वपश्चिम राजमार्गको स्याउले हुँदै अलि अगाडिसम्म १३ दशमलव ४ किलोमिटरमा कालोपत्रेको काम सुरु भएको छ ।