काठमाडौं (अस) । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबीच कर्जा सम्झौता भएको छ । न्यून आय भएका, सामाजिक रूपमा पिछडिएका महिला, जनजाति, दलित, अपांगता भएका, सीमान्तकृत समुदाय तथा साना किसान परिवारलाई विपन्न वर्गअन्तर्गत कर्जा लगानी गर्न बुधबार कोष र बैंकबीच कर्जा सम्झौता भएको हो ।
कर्जा सम्झौतामा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरे । सम्झौतापछि बैंकले विपन्न वर्गलाई सहुलियत दरमा बिनाधितो कर्जा उपलब्ध गराउने सीईओ ढकालले बताए ।