व्याख्यात्मक घोषणासहित संसद्बाट एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयपछि मौन प्रायः रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पछिल्लो समय एकाएक राजनीतिक दौडधुप तीव्र पारेका छन् । यसक्रममा उनले जेठ २९ गते आइतबार साँझ नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालकोट पुगेर करिब २ घण्टा लामो छलफल गरे । नेकपा विभाजनपछि सम्भवतः एकै मञ्चमा समेत नउभिएका यी दुई नेताबीचको भेटवार्तालाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ । ओलीलाई भेटेको भोलिपल्ट जेठ ३०