सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले सदनमा छलफलका लागि ‘बिजनेस’ दिन सरकारलाई रुलिङ गरेका छन् । विजनेश नहुँदा आफूले सदनको कारवाही पर सार्नु परेको भन्दै सभामुखले भने, “हामीसँग बिजनेश छैन, सरकार र प्रदेश समितिका सभापतिलाई पटकपटक आग्रह गरेको छु ।” संसद्लाई सञ्चालन गर्ने कार्य सरकार र प्रदेशसभामा रहेका समिति दुवैको समन्वयमा अगाडि बढोस् भनी आफूले पहिलो पटक ध्यानाकर्षण गराउनु परेको उनले बताए ।एक अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन