काठमाडौँ : कानूनव्यवसायीले न्यायालयप्रतिको जनआस्था बढाउन छिटो, छरितो न्यायसम्पादन हुनुपर्ने बताएका छन्।न्यायालयप्रति जनविश्वास बढाउन राजनीतिक हस्तक्षेपको अन्त्य हुनुपर्नेमा उनीहरूले जोड दिएका हुन्। शनिवार नेपाल बार एशोसिएशनको ६८ औं स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा कानूनव्यवसायीले न्याय पाउने कुरा खर्चिलो हुन नहुने औंल्याएका छन्।अधिवक्ता जितेन्द्रबहादुर मराईले न्यायालयको जनआस्था जोगाउन नेपाल बार एशोसिएशनको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले न्यायमा पहुँच नभएका नागरिक